नि.निर्देशक शम्भुप्रसाद पौडेलको बिधाई

सुर्खेत : उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय (साविक घरेलु तथा साना उद्योग विकास समिति, मुख्य शाखा कार्यालय, सुर्खेत) मा कार्यरत नि.निर्देशक शम्भुप्रसाद पौडेलज्यूको मंगलबार बिधाई गरिएको छ ।

पौडेल घरेलु तथा साना उद्योग विकास समितिमा लामो समय देखि कार्यरत रहेकाले हाल उनको नेपालको वर्तमान संरचना अनुसार कुश्मा नगरपालिकाको कार्यालय, पर्वतमा समायोजन सरुवा भएको थियो ।

घरेलु तथा साना उद्योग विकास समिति, संग सम्बन्धी लामो समय देखि काम गर्दै आएका पौडेल यस कर्णाली प्रदेशमा मात्र घरेलु तथा साना उद्योग विकास समितिलाई खारेज गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कायम गरिएको छ ।

साविक घरेलु विकास समितिले गर्ने कार्यहरु मध्ये सिप विकास तालिम, युवा लक्षित तालिम, स्तरोन्नती तालिम, प्रविधि हस्तान्तरण, उद्यमशिलता विकास तालिम लगायत लघु उद्यमी सृजना, उद्योग दर्ता, वाणिज्य दर्ता सम्बन्धी कार्यहरु गर्दै आइरहेकोमा हालको वर्तमान अवस्थामा कर्णाली प्रदेशमा मात्र उद्योग र वाणिज्य दर्ता सम्बन्धी मात्र कार्य भैरहेको र घरेलु उद्योग संग सम्बन्धित सम्पूर्ण कार्यहरु संचालन नगरीएकोमा कतै कर्णाली प्रदेश गरीव प्रदेश मात्रै रहेने त हैन भन्ने सङ्का उत्पन्न भएको छ ।

शुम्भुप्रसाद पौडेल जस्तो व्यक्ति यस कर्णाली प्रदेशमा भएको भए सायद यस प्रदेशमा उहाको घरेलु विकास संग सम्बन्धी लामो अनुभव यस प्रदेशको विकास र समृद्धिमा समेत उल्लेखनिय योगदान रहने थियो । यस कर्णाली प्रदेशमा घरेलु उद्योग संग सम्बन्धी विज्ञ व्यक्तिको कमी रहेकोमा उहाँ यस प्रदेशबाट बिदा भै जाँदा कतै विज्ञ व्यक्ति गुमायको जस्तो त लागिरहेको छैन भन्ने महसुस भै रहेको उद्यमी श्री राधा श्रेष्ठले बताईन ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री धन बहादुर रावतले पौडेल जस्तो वौद्धिक व्यक्ति जसले कर्णाली प्रदेशका लघु उद्यमीहरुको लागि लघु आद्यौगिक ग्रामको निर्माणको शुरुवात गरेका साथै प्रदेश छोडेर जादाँ त्यसमा हामीलाई दुखी भएको बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *