कोरोनाबारे भ्रम फैलाउने युवा पक्राउ

सुर्खेत, २ बैशाख ।
सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरस (कोभीड–१९) बारे भ्रम फैलाउने एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार साँझ पक्राउ गरेको हो । आचार्यले सामाजिक सञ्जाल फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टीहुन बाँकी’ भन्ने स्टाटस पोस्ट गरेका थिए । दिनभरी आचार्यको निगरानी राखेर साँझ मात्रै पक्राउ पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले गरेका छन् ।

तर सुर्खेतसहित कर्णाली प्रदेशमा हालसम्म कोही पनि कोरोना संक्रमित नरहेको प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका ल्याव इन्चार्ज ओम आचार्यले जानकारी दिए । ‘हल्लाको पछि नलाग्न आम नागरिकलाइ अनुरोध गर्दछु’ आचार्यले भने, ‘यस्ता संकटको बेला आम नागरिक त्रसित भइरहेको बेला आत्मबल हुने खालका कार्यहरू गरौं तर विना आधार अवफाह फैलाउने काम नगर्न आग्रह गर्दछु ।’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रायमाझीले नियन्त्रणमा लिएका आचार्यमाथि थप अनुसन्धान अघि बढाएको जनाए । उनलाइ कस्तो कारवाही हुन्छ भन्ने बारेमा प्रहरीले बताएको छैन् ।

कोरोनाबारे भ्रम फैलाउने युवा पक्राउ

तरकारी र फलफूल आयतमा प्रतिबन्ध, बाली भित्र्याउन

कोरोनाबारे भ्रम फैलाउने युवा पक्राउ

प्रधानमन्त्री ओलीसँग कुनै मनमुटाव छैन : प्रचण्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *