सिम्ताका १ सय ४७ जनाकै नेगेटिभ, क्वारेन्टाइनबाट घर फर्किए

दुर्गा विसि/ सिम्ता, २ बैशाख ।

सुर्खेतको उत्तरि पुर्वी क्षेत्रमा रहेको सिम्ता गाउँपालिकाले विदेशबाट अाएका अाफ्ना नागरिक र्यापिट डाइगोनाेस्टीक टेष्ट परिक्षण कार्य सम्पन्न भएको छ ।याे परिक्षण गर्ने कर्णाली प्रदेशको पहिलो स्थानीय तह भएको जनाएको छ । अन्य कुनै स्थानीय तहले याे विधि प्रयोग गरेका छैनन । भारत तथा विदेशबाट आएका नागरिकको र्यापिट टेष्ट गर्ने काम सिम्ता गाउँपालिकाले सम्पन्न भएको छ ।

वागेश्वरी मावि राकममा रहेको क्वारेन्टाइनमा विदेशबाट आएका नागरिकको र्यापिट टेष्ट गरिएको थियोे ।जिल्ला स्वास्थ्य कार्यालय सुर्खेत कर्णाली प्रदेशका ल्याव असिस्टेन्ट प्रेम प्रकाश चपाइ, मेट्रो कन्ट्रोल सुपरभाइजर उदय विसि स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन, सन्ताेष वुढा लगाएतको चिकित्सककाे टाेलि र्यापिट टेष्ट परिक्षणमा खटिएको थियोे । भारतबाट अाएका १ सय ४७ जनाकाे र्यापिट टेष्ट गरिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिनु भएको छ ।

जस्मा साउदीबाट आएका १, मलेसिया २ कतार १ र भारतबाट १ सय ४३ जनाकै र्यापिट टेष्ट गरिएको थियोे भने सबैकाे रिपोर्ट नेगेटिभ अाएको अध्यक्ष केसिकाे भनाइ छ । अाजबाट जुन खाले शंका उप शंका निवारण भएको जनाएको छ । यसले जतिसुकै वाहिरबाट सिम्ता भित्रनु भएका नागरिकहरुलाई अलि खुसि र अात्मा विश्वास वढेकाे जनाएको छ । काेराेना भाइरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रणका लागि यसकाे निदान र उपचार विधि अारडिटि स्कृनिङ विधि अवलम्बन गर्ने याे पहिलो स्थानीय तह रहेको छ ।यसरी अन्य गाउँ पालिका तथा नगरपालिकाले गरेको पाइदैन ।

देशमै याे समयमा अधिमतम कम क्षेत्रमा मात्रै याे विधि प्रयोगमा अाएको छ । १ सय ४७ जनाकाे भएको र्यापिट टेष्टमा सबै जनाकै नेगेटिभ रिपोर्ट अाएको छ । रिपोर्ट नेगेटिभ अाए पछि विभिन्न मुलुकबाट चैत्र महिनामा सिम्ता भित्रीएका नागरिक खुसिले घर फर्केका छन् ।सिम्ता गाउँपालिकाकाे अायाेजनामा भएको र्यापिट डाइगोनोष्टिक टेष्ट परिक्षणमा समन्वय र प्राविधिक सहयोग सिम्ता गाउँ स्वास्थ्य शाखाले गरेको जनाएको छ । दुई दिन सम्म चलेको र्यापिट टेष्ट परिक्षणको काम सकिएको छ ।

सिम्ताका १ सय ४७ जनाकै नेगेटिभ, क्वारेन्टाइनबाट घर फर्किए

१९१ घरधुरीलाई निशुल्क मास्क र सावुन

सिम्ताका १ सय ४७ जनाकै नेगेटिभ, क्वारेन्टाइनबाट घर फर्किए

क्वारेन्टाइनका ५ काे नेगेटिभ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!