सहसचिव र उपसचिव पदका लागि लोकसेवाले खुलायो विज्ञापन

काठमाडौं, २८ असोज ।

लोकसेवा आयोगले ठूलो सङ्ख्यामा सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ। आयोगले सूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो।

आयोगका अनुशार उपसचिव बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ। जसमध्ये निजामतीतर्फ बढुवा दुई सय ६६ र खुल्ला २७ जना गरी दुई सय ९३ जना माग गरिएको छ। संसद्तर्फ १६ बढुवा र दुई खुल्लामा गरी १८ जना मागिएको छ भने स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जना मागिएको छ।

त्यसैगरी सहसचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा विज्ञापन भएको छ। जसमध्ये निजामतितर्फ बढुवा ९५ जना र खुल्ला १० जना, संसदतर्फ बढुवा ३ जना र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुल्ला गरी ७४ पदमा विज्ञापन भएको छ।

निजामती सेवा, सङ्घीय संसद् सेवा तथा स्वास्थ्य सेवा तर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन्। आवेदन आयोगको वेवसाईटमार्फत भर्न सकिने छ।

https://drive.google.com/file/d/11MIW4S0Qf4msxBzgr_QWP9J2MS9yWpPG/view

अन्नपूर्ण पोष्टबाट साभार ।

सहसचिव र उपसचिव पदका लागि लोकसेवाले खुलायो विज्ञापन

चीनले नाका बन्द गर्दा खाद्यान्न अभाव भएको

सहसचिव र उपसचिव पदका लागि लोकसेवाले खुलायो विज्ञापन

युवालाई रोजगारीमा जोड्ने अभियानमा छौं

Leave a comment

Your email address will not be published. Required fields are marked *