मिडियामैत्री कानून बनाउनु पर्नेमा जाेड्
सुर्खेत : नवौँ विश्व रेडियो दिवस सुर्खेत लगायत देशभर विविध कार्यक्रम गरी मनाइएको छ । सुर्खेतमा भएको ‘रेडियो र विविधता’ विषयक कार्यक्रमका सहभागीहरुले नयाँ कानूनहरु मिडियामैत्री बनाउनुपर्ने जोड दिएका छन् ।
सहभागीहरुले सरकारले ल्याएको नयाँ सञ्चार नीति सामुदायिक रेडियोहरुको हक विपरित रहेको भन्दै सच्याउनुपर्ने माग गरेको छन् । सार्वजनिक खरिद ऐनलाई संशोधन गरेर स्थानीय र प्रदेशतहले मिडिया मैत्री कानुन बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा कर्णालीका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रदेशलाई समृद्धिको बाटोमा हिँडाउन सामदायिक रेडियोको भूमिका महत्वपूर्ण रहने बताए ।
उनले प्रदेश सरकारले सञ्चारक्षेत्रको विकासको लागि छिटै आमसञ्चार प्रतिष्ठान गठन गरेर मिडिया क्षेत्रमा समस्याहरु सम्बोधन गर्ने बताए । कर्णालीमा कार्यरत पत्रकारको लागि पत्रकार विमा, आमसञ्चार माध्यमा अध्यनको लागि छात्रवृद्धि लगायतको काम गरेको जनाए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले स्थानीय जनता र समुदायका आवाज बोल्ने रेडियोहरु थुप्रै चुनौतीको रहेको भन्दै नयाँ कानूनहरु सञ्चारमैत्री बनाउनुपर्ने बताए ।