२०८२ बैशाख १७ गते
×

Now Playing

रेडक्रस उप शाखा सल्लिद्वारा विपत सामग्री हस्तान्तरण

दुर्गा विसि/ सल्यान (सल्लीबजार), २९ चैत्र ।

सल्यान पश्चिम रेडक्रस उप शाखा सल्लिवजारले बनगाड कुपिण्ड नगरपालिकाकाे क्वारेन्टाइनलाई विपत सामग्री हस्तान्तरण गरेकाे छ ।रेडक्रस जिल्ला शाखा सल्यानले उप शाखाहरुलाइ प्रदान गरेको सबै समान सल्यान पश्चिमरहेको रेडक्रस उप शाखाले काेराेना माहामारि राेकथाम नियन्त्रणका लागि वनेका क्वारेन्टाइन व्यवस्थापनमा प्रयोग हुने सामान वुझाएको उप शाखा सल्लिवजारका सभापति पुष्कर विसिले जानकारी दिनु भएको छ ।

विपतमा जहिल्यै पनि नागरिक सारथि बन्ने रेडक्रस यतिबेला चनाखाे वनेकाे छ । बनगाड कुपिण्डेलाइ २५ थान कमल,४ थान त्रिपाल,सावुन,मग र वाल्टिन लगाएतका क्वारेन्टाइनमा अावश्यक सामग्री रहेको जनाएको छ । यी सबै सामान काेराेना राेकथामका लागि क्वारेन्टाइन वनेका कक्षहरुमा प्रयोग हुने नेपाल रेडक्रस कर्णाली प्रदेश सदस्य गणेश विसिले जानकारी दिनु भएको छ । खास गरि विपत र माहामारिमा रेडक्रस उप शाखा सल्लिवजार सल्यान पश्चिममा अन्य गैरसरकारी संस्था भन्दा अागाडि रहेको सदस्य विसिकाे भनाइ छ । निस्वार्थ भावनाले जनताको सुरक्षा रक्षामा सधै सारथि वन्ने गरेको उहाँको भनाइ रहेको छ । त्यसैगरी रेडक्रसकाे याे सहयोग प्रति बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गाेविन्द कुमार पुनले धन्यवाद दिनु भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *