कालिकोटमा कोरोनासम्बन्धी सचेतना

कालिकोट : जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटले कोरोना भाइरससम्बन्धी सचेतना अभियान सुरु गरेको छ । विश्‍वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई कम गर्न पूर्व सतर्कतता अपनाउन जिल्लामा सचेतना अभियान थालिएको हो ।

जिल्ला स्वास्यया सेवा कार्यालयले आइतबार जिल्लास्तरका सरोकारवालालाई कोरोना भाइरसका विषयमा अभिमुखीकरण तथा आगामी चैत १ गतेबाट सुरु हुने दादुरा रुबेलासम्बन्धीको खोप अभियानका विषयमा पनि अभियान सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत डा. विज्ञान प्रजापतीले कोरोनाको लक्षणको विषयमा जानकारी दिँदै सामान्य तथा ज्वोरो आउनु, घाँटी दुख्नु श्वासप्रश्वासमा समस्या हुने, खोकी लाग्नु जस्ता समस्या आए तत्काल स्वास्थ्य संस्थामा आएर उपचार सेवा लिन आग्रह गरे ।

उनले भारतमा पनि कोरोना भाइरसका बिरामी पहिचान भएकाले कालिकोटबाट कालापाहाड जाने व्यक्तिबाट भारसको संकर्मण हुन सक्ने बताउँदै यसप्रति सबै नागरिकहरु सचेत हुनुपर्ने बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. भिष्मप्रसाद पोख्रेलले कुनै पनि बालबालिका खोप लगाउनबाट बञ्‍चित नहुने गरी खोप अभियानमा सहभागी हुन आग्रह गरे ।

उनले आगामी चैत १ गतेबाट जिल्लाको खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र पलाँता गाउँपालिकामा पहिलो चरण खोप अभियान संचालन गर्ने र दोस्रो चरणमा चैत १५ गतेबाट जिल्लाका तिलागुफा नगरपालिका, नरहरीनाथ गाउँपालिका, महाँवै गाउँपालिका र शुभकालिका गाउँपालिकामा खोप अभियान संचालन गर्ने जानकारी दिए ।

कालिकोटमा कोरोनासम्बन्धी सचेतना

YUGAAWHAN NATIONAL DAILY (2076-11-28)

कालिकोटमा कोरोनासम्बन्धी सचेतना

नागरिकतामा पनि शुल्क

Leave a comment

Your email address will not be published. Required fields are marked *