हिमपातका कारण खाद्यान्नको ढुवानी रोकियो

 

हुम्ला : नेपाल खाद्य संस्थानले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका लागि चालु आर्थिक वर्षका लागि विनियोजित कोटाको खाद्यान्न रोकिएको छ । काठमाडौँबाट रसुवाको केरुङ्ग हुँदै तिब्बती मार्ग भएर हिल्सा मार्फत ढुवानी हुनु पर्ने उक्त खाद्यन्न हिमपातको कारण रोकिएको हो ।

चालु आर्थिक वर्षका लागि नाम्खा गाउँपालिकाको याल्बाङ्ग बिक्री केन्द्रका लागि दुई हजार क्वीन्टल खाद्यान्न विनियोजित भएर टेण्डर भई सप्लायर्स कम्पनी छनौट भएको भए पनि खाद्यान्न ढुवानी गर्ने समयमा बाक्लो हिमपात भएर बाटो अवरुद्ध भएपछि खाद्यान्न काठमाडौँमै रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख रामबहादुर बिष्टले बताए ।

आर्थिक वर्षको सात महिना बितिसक्दा पनि सिमकोट शाखाका लागि विनियोजित खाद्यान्न मध्ये हवाई मार्गबाट आधा मात्र ढुवानी भएको छ। ९ हजार ६ सय क्वीन्टल खाद्यान्न निर्धारण गरेकोमा साउनयता सुर्खेत र नेपालगञ्जबाट हवाइ मार्ग हुँदै पाँच हजार एक सय क्वीन्टल खाद्यान्न ढुवानी भएको प्रमुख बिष्टले बताए ।

हिमपातका कारण खाद्यान्नको ढुवानी रोकियो

स्याउ बगैचा व्यवस्थापन गर्दै किसान

हिमपातका कारण खाद्यान्नको ढुवानी रोकियो

सम्पादकीय : सरकारविरुद्धको मत

Leave a comment

Your email address will not be published. Required fields are marked *