भारतबाट आएका नागरिक अब सिधै घर

दुर्गा विसी
सल्लीबजार, २४ असोज ।
सल्यानमा भने अब भारतबाट आएका नागरिकलाई क्वारेन्टिन नराखेर सिधै घर पठाइने भएको छ । चिसो सिजन सुरु हुन थालेपछि भारतबाट आएका नागरिक अब घरमै होम क्वारेन्टिनमा १४ दिन बस्नुपर्ने छ ।  त्यसको रेखदेख तथा घरमा बसे नबसेको वडा अध्यक्ष, सदस्यको निगरानी समुहले अनुगमन गर्ने जनाएको छ ।

यस बनगाड कुपिण्डे नगरपालिका लगायत सल्यानका अधिकांश स्थानीय तहले भने विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएका थिए । अर्कोतिर विद्यालयमा रहेका क्वारेन्टिनहरु खाली गरी पठन पाठन सुचारु गर्ने अवस्था सृजना भएकोले भारतबाट आएका नागरिक होम क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ ।

यसको रेखदेख सम्बन्धि वडाका जनप्रतिनिधिले गर्ने स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनुभएको छ । तर यो कुराको भने स्थानीयले चर्को विरोध गरेका छन् । भारतबाट आएका नागरिक लुकिछिपि अहिले पनि नगरले बनाएको क्वारेन्टाइनमा नबसी आफ्नै घर जाने गरेका छन् ।

चाडपर्व नजिकिएसँगै भारतबाट नागरिक आउने क्रममै झनै बढेको छ । हजारौं मानिस व्यवस्थापन गरेको नगरले फाट्टफुट्ट आउने नागरिकलाई सिधै घर पठाउने कार्यले ठुलो समस्या निम्तिने सरोकारवाहरुको भनाई रहेको छ ।  यो नगरमा भारतबाट आएका नागरिकको मात्रै कोरोना चेकजाँच हुन्छ भने समुदायका नागरिकको अहिलेसम्म कुनै चेकजाँच गरिएको छैन ।

कोरोनाका नाममा करोडौं खर्च गरिसकेका स्थानीय तहले अब भने खर्च वढि भएको भन्दै थेग्न नसकिने जनाएका छन् । अहिलेसम्म नगरले कोरोना नियन्त्रणमा गरेको राम्रो कामको सबैले प्रसंसा गरेका थिए । भारतबाट आउने नागरिक सिधै घर जाने भए पछि अब अवस्था खतरा हुन सक्ने जनाएको छ । सरकारी नियम र निर्देशनको आदेश अनुसार लक्षण देखिए चेकजाँच गर्ने जनाएको छ ।

भारतबाट आएका नागरिक अब सिधै घर

अनेरास्ववियु मुसिकोटको एकता तथा सपथ ग्रहण

भारतबाट आएका नागरिक अब सिधै घर

लोक देउडा गीत

Leave a comment

Your email address will not be published. Required fields are marked *