लोक देउडा गीत

भानुप्रभात पाण्डे (प्रभात)
खाँडाचक्र नगरपालिका–३, कालीकोट

दुर्गा र भवानी दुवै–खुशी हुनुपर्छ ।
एकचोटी सबैले सम्झौं–गाउँमा सानो घर छ ।।
कसैकन केही नहोस–महामारी डर छ ।।।

आमाबुवा, छोराछोरी–जम्मा हुनुपर्छ ।
जन्मेको हुँ कालीकोट–ताडी मेरो घर छ ।।
सबैले विर्सदैं जानु–जोलाई दुःख पर्छ ।।।

घरदैलोमा फुल टाँसिवस–जमारा पैरियोस ।
इष्टमित्र, दाजुभाईमा–सम्वन्ध गहिरियोस ।।
घरघरमा तेलाखे लागोस–सेलरोटी तैरियोस ।।

दियालो र अगरबत्ती–बलोस घर घर ।
यो दशैंको खुशीबाट–कोही नसरोस पर ।।
घर घर झिलिमिलि–अँध्यारो काँ छर ।।।

सबैको मन खुशी रहोस–हर्ष उल्लास छावस ।
विदेशमा काम गर्ने छोरा–छिट्टै घर आवस ।।
खुशी दिनले सबलाई छोवस–दुखी दिन जावस ।।

आँगन खशी बाकस असी–खुशीयाली मनमा ।
कसैको पर्लोभन नहोस–कहिँ अर्काको घनमा ।।
एकैछिन घुमनुपर्छ–हरियाली वनमा ।।

घाँटीमा फुल र माला–निदारहुनु टिका ।
सबैको दशैं झकमक्क हुनु–कोही नहुनु फिका ।
सबैका घरघरमा गैजाउ–लाहुरे दहिका ढिका ।।

तपाईको प्रतिक्रिया