सवारी दुर्घटना न्युनिकरण गर्न नगरपालीका द्धारा प्रहरिलाई ट्राफिक होडिङ्ग वोर्ड वितरण

दुर्गा विसी

फाल्गुन : सल्यानको नगाड कुपिण्डे नगरपालीकाको आर्थिक सहयोगमा सल्लीवजारमा ट्राफिक होडिङ्ग वोर्ड राखिएको छ । सवारी दुर्घटना न्युनिकरण गर्नका लागि सल्लीवजारका विभिन्न स्थानमा ट्राफिक होडिङ्ग वोड राख्ने काम गरिएको छ ।

वजारमा सवारी दुर्घटना वृद्धिसँगै बनगाड कुपिण्डे नगरपालीकाको करिव ८० हजार लागतमा ट्राफिक होडिङ्ग वोड निमार्ण गरिदिएको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारि दिनु भएको छ । ट्राफिक नियमन पालन,तिव्र गतीमा सुधार लगाएतका काममा सचेतीकरण गर्ने वताएको छ । आज इलाका प्रहरि कार्यालय सल्लीवजारका इन्चार्ज प्रेमवहादुर वोहरालाई नगर प्रमुख गोविन्द कुमार पुनले गती समिती ३ वटा,नो पार्किङ्ग ३ वटा र ट्राफिक होडिङ्ग वोर्ड ४ वटा हस्तान्तरण गर्नु भएको छ ।

नगर प्रमुख पुनले नगरको आर्थिक सहयोगमा वनेका सवारी दुर्घटना न्युनिकरण गर्नका लागि वनेका ट्राफिक होडिङ्ग वोर्डहरुले दुर्घटना कमि ल्याउने र वजारमा तीव्र गतीलाई कमी ल्याउन सहयोग गर्ने आशा राख्नु भएको छ । वजारमा तीव्ररुपमा हुईकिने सवारी साधानलाई समेत कडाई गर्न अनुरोध गरिएको छ । ट्राफिक होडिङ्ग वोर्ड प्रहरिलाई हस्तान्तरण गर्न इलाका प्रहरि कार्यालय सल्लीवजार पुग्नु भएका नगर प्रमुखले ४ महिना वसेर सरुवा हुनु भएका इलाका इन्चार्ज प्रेमवहादुर वोहराको समेत विदाई गर्नु भएको

Leave a comment

Your email address will not be published. Required fields are marked *