विद्यार्थीबाट शुल्क उठाइएको भन्दै आपत्ति

अमर सुनार

दैलेख : विप्लव नेतृत्वको नेकपाको विद्यार्थी भ्रातृ संगठनले दैलेखका विभिन्न विद्यालयमा परीक्षा शुल्कको नाममा विद्यार्थीबाट चर्को शुल्क उठाइएको भन्दै आपत्ति जनाएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का जिल्ला अध्यक्ष उदय बिक ‘सुदर्शन’ ले अखाज जारी गरेको विज्ञप्तिमा गरिव विपन्न बालबालिका पढ्ने सामुदायिक विद्यालयहरुले विद्यार्थी संख्याका आधारमा सरकारबाट अनुदान पाइरहेको अवस्थामा पनि चर्को शुल्क उठाएको उल्लेख गरिएको छ ।

स्थानीय सरकारको जिम्मेवारी आइसके पनि विद्यालयका शैक्षिक गुणस्तर उठाउन चासो नदिएको, विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्ने राजनीतिक नेताहरु भ्रष्टाचार संलग्न भएका लगायतका समस्या बारे क्रान्तिकारी यूनियनले चासो जनाएको छ । लिइसकेको परीक्षा शुल्क फिर्ता गर्नुपर्ने, आर्थिक अनियमिता रोकिनुपर्ने सmुझाव दिंदै त्यस्ता अनियमितता विरुद्ध आम हडताल, हस्तक्षेप लगायतको कार्य गरिने क्रान्तिकारी यूनियनका जिल्ला अध्यक्ष सुदर्शनले बताए ।

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

यसबारे शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापालाई सोध्दा केही ठाउँमा परीक्षा शुल्क उठाइएको सिकायत आएकोले परीक्षा शुल्क समेत नलिन सार्वजनिक सूचना गरिएको जानकारी दिए । आधारभूत तहसम्मको शिक्षा निशुल्क हुने भनी नेपालको संविधानमै उल्लेखित भएकोले कक्षा ८ सम्म विद्यार्थीबाट कुनै पनि शुल्क लिन पाइदैन । त्यस अनुसार निशुल्क गर्न पहिले नै सूचित गरिएको इकाई प्रमुख थापाले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *