हाल वेहाल छ वर्तमान

कवि : नारायण प्रसाद कोइराला
भोको पेट र नाङ्गो छात्तिमाथि
झुटको खेति कसरी मौलाएको छ !
दुस्खी नेपाली छन्,
समृद्ध नेपालमा भ्रष्टाचारी राज,
बेसरी बौलाएको छ !
कुर्चिको र सदनमा दुईतिहाई पनि
चार र एकभई बिलो तौलाईरहेछ !
बहुमत जनताको जनमतलाई
चण्डमुण्डहरु झुण्ड पारिरहेछन !
के नै गर्छ र जावो जनता
यहाँ चुँडिएका सपना थन्क्याईरहेछ !





