सरिता गिरीलाई पार्टीले ग¥यो कारबाही

काठमाडौं, २३ असार ।

समाजवादी पार्टी नेपालले सरिता गिरीलाई कारबाही गरेको छ । उनलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी र सांसद पदबाट हटाउने निर्णय गरेको छ ।

समाजवादी पार्टीको आज बसेको बैठकले गिरीलाई पार्टीबाट कारबाही गर्ने र सांसदबाट हटाउने, सोको जानकारी संसदलाई दिने निर्णय गरेको हो । पार्टी महासचिव रामसहायप्रसाद यादव संयोजक रहेको कार्यदलले उनलाई कारबाहीको सिफारिस गरेको थियो । पार्टीले त्यसलाई सदर गरेको छ ।

गिरीले लिम्यिाधुरासहितको नक्सा जारी गर्दा विरोध गरेकी थिइन् । संविधान संशोधनका बेला पनि उनले पार्टीको ह्विप उलङ्घन गरेकी थिइन् । नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिलाई कारबाहीको विषय बनाइएको समाजवादी पार्टीका एक नेताले जानकारी दिए ।

(बाह्रखरी अनलाइनबाट साभार)

तपाईको प्रतिक्रिया