प्रचण्ड खत्री
रुकुम पुर्व, २३ असार ।
रुकुम पूर्वमा एक युवक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गाउपालिका ८ कोर्जाका १९ वर्षका कृष्ण खड्काले सोही ठाउँकी २५ बर्षीय महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्बले जनाएको छ ।
खड्का ती युवतीलाई डर देखाउँदै जबरजस्तीकरणी गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दियको थियो । पीडितको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका सुचना अधिकारी दिनेश गुरुङले जानकारी दिए । घटना लगतै फरार रहेको युवालाई पक्राउ गरी अनुसन्धान भैरहेको छ ।
युग संवाददाता । । २३ असार २०७७, मंगलवार १६:१०