फुटबल रंगशाला निर्माणमा तीव्रता

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फुटबल रंगशाला निर्माणमा तिव्रता दिइएको छ । दशौं राष्ट्रिय महिला फुटबल प्रतियोगीता सुर्खेतमा सञ्चालन गर्नेगरी वीरेन्द्रनगर–५ चिसापानीमा रंगशाला निर्माणमा तिव्रता दिइएको हो । रंगशाला निर्माणका लागि हाल फिल्ड सम्याउने काम भइरहेको छ ।

सिर्जनशील फुटबल रंगशाला नामाकरण गरिएको रंगशालाको फिल्डको काम एक सातामा सकिने सिर्जनशील युवा क्लवका अध्यक्ष प्रमोद हमालले जानकारी दिए ।  नयाँ खेलाडीहरुलाई प्रशिक्षण दिन र प्रदेशमा हुने फुटबल प्रतियोगीताहरु सञ्चालन गर्न सकिनेगरी रंगशाला निर्माण गर्ने उदेश्य रहेको जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका क्लवका अध्यक्ष हमालले बताए । रामजानकी सामुदायिक वन उपभोक्ता समितिले रंगशाला निर्माणका लागि तीन विगाह जग्गा उपलव्ध गराएको हो ।

‘फिल्डको काम सम्पन्न भए लगत्तै दोस्रो चरणको काम सुरु गर्छौ’ हमालले भने, ‘जिल्ला खेलकुद विकास समितिसँगको समन्वयमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रियामा छौं ।’  २०७९ सालमा सञ्चालन हुने दशौं राष्ट्रिय महिला फुटबल प्रतियोगीता सुर्खेतमै सञ्चालन गर्ने प्रमुख लक्ष्यका साथ रंगशाला निर्माणलाई प्राथमिकतामा राखिएको हमालको भनाई छ । रंगशाला निर्माण भएपछि खेलाडीहरुलाई सक्षम बनाउन र नयाँ उत्पादन गर्नमा थप सहयोग पुग्ने क्लवको अपेक्षा छ ।

फुटबल रंगशाला निर्माणमा तीव्रता

कहिल्यै असफल हुँदैनन् यी चार प्रकारका व्यक्ति

फुटबल रंगशाला निर्माणमा तीव्रता

कोरोनाको त्रास नफैलाउन प्रशासनको आग्रह

Leave a comment

Your email address will not be published. Required fields are marked *