सलाद खाने सही तरीका
सलाद खानुको फाइदा पनि छ भने नोक्सान पनि । सलाद कहिले र कसरी खाने भन्ने कुरा थाहा पाउनु अति नै आवश्यक छ । प्याज, गोलभेंडा, काँक्रो, गाजर, स्याउ, अनार, केरा, अम्बा जस्ता केही फलफूललाई काटेर त्यसमा कागती र नुन मिसाएर तिनीहरुलाई बिहान अथवा बेलुकाको खानासंगै खानाले तपाईंले सलाद खाँदा प्राप्त हुने सबै प्रकारको फाइदा प्राप्त गर्न सक्नु हुन्छ भन्ने सोच्नु हुन्छ भने तपाईं पूर्णरुपले गलत हुनु हुन्छ ।
सलाद हाम्रो स्वास्थका लागि फइदाजनक छ, तर यसलाई भोजनका साथ खानु भनेको सलाद खाने सही तरिका होइन । यदि सलाद बनाउँदा केही आवश्यक कुराहरुमा ध्यान दिएन भने सलादको सेवनले शरीरमा हानि पु¥याउन पनि सक्छ । त्यसैले आज हामी तपाईंहरुलाई सलाद खाँदा हुने फाइदा र हानीका बारेमा जानकारी दिनुका साथै यसलाई कहिले र कसरी खाने भन्ने बारेमा पनि केही जानकारीहरु प्रस्तुत गर्दैछौं ।
फलफुललाई मिलाएर फ्रुट सलाद बनाउँदै हुनु हुन्छ कि तरकारीहरुलाई मिसाएर भेजिटेबल सलाद ? सलादमा धेरै किसिमका तरकारीहरु मिसाइन्छ, जसका कारण यसमा फाइबरको मात्रा धेरै हुन्छ । सलाद खानाले तपाईंको भोक शान्त हुन्छ । त्यसैले सलाद भोजनका साथ खानु भन्दा खाना खानु आधा अथवा एक घण्टा अगाडि नै खानु पर्छ । यसो गर्दा तपाईंले भोजनको साथमा कम भात अथवा रोटी खानु हुन्छ, जसका कारण तपाईंको वजन नियन्त्रणमा रहन्छ र तपाईंले प्रोटीन, फाइबर, भिटामिन र मिनरल्स सबै तत्वहरु प्राप्त गर्न सक्नु हुन्छ ।
सालदमा माथिबाट नुन छर्कन हुन्न यदि तपाईं सलादको स्वाद बढाउनका लागि त्यसको माथिबाट नुन छर्कनु हुन्छ भने अबदेखि त्यस्तो नगर्नु होला । फूड एक्सपर्टहरुका अनुसार सलादको रुपमा प्रयोग हुने तरकारीमा पहिलबाट नै सोडियम हुन्छ, त्यसैले त्यसमा नुन मिसाउनु हुँदैन । यदि तपाईंले सलाद माथिबाट नुन छर्कनु भयो भने सलादबाट प्राप्त हुने पोषक तत्व नष्ट हुन्छ । सलादमा नुन हालियो भने त्यसबाट धेरै पानी निस्कन्छ । त्यसैले पौष्टिकता यथावत राख्नका लागि सलादमा नुन नहालिकन खानु पर्छ ।
नियमित रुपले सलाद खानाले तपाईंको आँखाको ज्योती तेजिलो हुन्छ । सलादमा प्रयोग हुने तरकारीहरु विशेष गरेर पालुङ्गो भिटामिन एले भरिपूर्ण हुन्छ, जुन आँखाका लागि फाइदाजनक हुन्छ । यदि तपाईं आफ्नो आँखा सधैं तेजिलो भइरहोस् भन्ने चाहनुहुन्छ भने नियमित रुपले सलाद खानु पर्छ र त्यसमा पालुङ्गोको साग र अन्य तरकारीहरु पनि समावेश गर्नु पर्छ । यस बारेमा अहिलेसम्म भैसकेका विभिन्न सर्वेक्षणहरुमा के कुरा प्रमाणित भैसकेको छ भने यदि तपाईं नियमित रुपले सलाद खानु हुन्छ भने तपाईंको अनिद्राको समस्या कम हुन सक्छ र तपाईंलाई राम्रो निद्रा लाग्न सक्छ ।