शैक्षिक प्रगति शिक्षकहरुको सहयोगले मात्र प्रभाकारी गर्न सकिने

अमर सुनार

सुर्खेत : नारायण नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष पूर्णबहादुर मल्लले विद्यार्थीको शैक्षिक प्रगति अभिभावक र शिक्षकहरुको लगनशीलता र रचनात्मक सहयोगले मात्र प्रभाकारी हुन सक्ने बताएका छन् ।
इन्सेकको इएलपी कार्यक्रमले आइतबार दैलेखकाे नारायण नगरपालिकाका वडा नं. ७  बसन्त मावि किमुगाउँमा आयोजना गरेको शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो विचार प्रस्तुत गरेका हुन् । साथै उनले विद्यार्थीको शैक्षिक उपलब्ध राम्रो बनाउनको लागि बालमैत्री वातावरणको आवश्यकता रहेको औल्याए ।

त्यस बखत नारायण नगरपालिका शिक्षा समितिका सदस्य हर्कबहादुर नेपालीले बसन्त मावि किमुगाउँको शैक्षिक प्रगति राम्रो भएकै कारण नगरपालिका र अरु निकायबाट पनि राम्रो सहयोग पाइरहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरत रावत र विद्यालयका निमित्त प्रधानाध्यापक तर्कबहादुर शाहीले विद्यार्थीहरुबाट उठाइएका सवाल विषयमा जवाफ दिएका थिए ।

विद्यार्थीहरुले विद्यालयमा कम्प्यूटरको अभावमा प्रोजेक्टर प्रयोग बिहीन भएको, प्रयाप्त पुस्तकहरुको अभाव इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, बसन्त मावि किमुगाउँको बाल अधिकार चेतना समूहका अध्यक्ष निशा रावतले पनि मानव अधिकारका विभिन्न आयाम, शिक्षा अधिकार र शैक्षिक गुणस्तर विकासमा सरोकारवाला निकायको भूमिका विषयमा आफ्नो धारणा राखेका थिए ।

शैक्षिक प्रगति शिक्षकहरुको सहयोगले मात्र प्रभाकारी गर्न सकिने

सम्पादकीय : भ्रमण वर्ष र लगानी

Leave a comment

Your email address will not be published. Required fields are marked *