पत्रकार डेकेन्द्र हत्याका मुख्य आरोपी पक्राउ

दैलेख : पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन् । थापाको हत्या भएको १५ वर्षपछि मुख्य आरोपीत पक्राउ परेका हुन् । थापा हत्याका मुख्य आरोपीतमध्ये दुल्लू नगरपालिका–६ छिउडीपुसाकोटका ३९ वर्षीय ‘अरुण’ भन्ने बमबहादुर खड्का पक्राउ परेका हुन् ।

शान्ति प्रक्रियापछि पनि पक्राउ पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई कैलाली प्रहरीले पक्राउ गरी अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा जिम्मा छोडेपछि मंगलबार दैलेख जिल्ला अदालतमा पेश गरिएको डिएसपी हरिबहादुर ओलीले बताए । मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको आदेशबाट खड्कालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र मुल्तवीमा रहेको मुद्दा जगाइएको अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए ।

खड्का पक्राउ परेपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्धा जागेको छ। हत्याका मुख्य आरोपीत हाजिर भएमा वा पक्राउ परेको बखत मुद्दा जगाउन सकिने दैलेख जिल्ला अदालतको अघिल्लो फैसला अनुसार फरार रहेका अन्य तीन जनासमेतको मुद्दा जागेको सूचना अधिकारी आचार्यले बताए । २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेका थिए ।

थापाको शव गाडिएको ठाउँ नौमूले गाउँपालिका–३ द्वारीबाट ४ वर्षपछि कंकाल निकाली दाहसंस्कार गर्नुका साथै २०६५ भदौ १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा नौ जना विरुद्ध किटानी जाहेरी दिइएको थियो । पत्रकार थापालाई नियन्त्रणमा राखेको बेला गरिएको कुटपिटको कारण ज्यान गएको भन्दै घटनाको ४ वर्षपछि २०६५ भदौ १२ गते डेकेन्द्रकी पत्नी लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

पत्रकार डेकेन्द्र हत्याका  मुख्य आरोपी पक्राउ

घुस्रामा पढाइ मेला सम्पन्न

पत्रकार डेकेन्द्र हत्याका  मुख्य आरोपी पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2076-11-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *