प्राविधिक शिक्षालय कर्णालीकै मेरुदण्ड : मन्त्री भण्डारी

जुम्ला : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्राविधिक शिक्षालय कर्णाली प्रदेशकै समृद्धिको मूलआधार भएको बताएका छन् । कर्णाली प्राविधिक शिक्षालयको अवस्था बुझ्न जुम्ला पुगेका मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

मन्त्री भण्डारीले भने यस प्राविधिक शिक्षालय उत्पादन गरेको जनशक्तिले विभिन्न ठाउँमा सेवा दिएको पाइन्छ । मन्त्री भण्डारीले भने, ‘प्राविधिक शिक्षालय सर्वसाधारणको पहुँचमा छ । यसलाई अझै प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक छ ।’ प्राविधिक शिक्षा समग्र कर्णालीको मेरुदण्ड रहेको मन्त्री भण्डारीको भनाइ छ । उनले यसको स्तरवृद्धि गर्न हातेमालो गर्दै जानुपर्ने आवश्‍यकता पनि औँल्याए । उनले भने, ‘शिक्षालय एक उज्यालो दियो हो यसलाई निभ्न दिनु हुँदैन ।

प्रविधिक शिक्षालाई दक्ष जनशक्ति उत्पादनको प्रमुख थलोका रुपमा प्रदेश सरकाले हेर्ने पनि उनले बताए । क्याम्पस स्थापना गर्न पहल कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले यस शिक्षालयलाई क्याम्पसको रुपमा स्थापना गर्न पहल गरिने बताए । उनले भने, ‘नेपालका ७ वटा प्राविधिक शिक्षालय मध्यमा जुम्लाको कर्णाली प्राविधिक शिक्षालय पनि नमुना पोलिक्निङक रुपमा परेको छ् ।’ सर्वसाधारणका छोराछोरीले घरदैलोमै बसेर प्राविधिक शिक्षा अध्ययन गर्न पाउनु खुसीको कुरा भएको पनि उनले सुनाए ।

२०३६ सालमा ८ विद्यार्थीबाट अध्यायन सुरु गरेको यस प्राविधिक शिक्षालयले ४१ सयभन्दा बढी जनशक्ति उत्पादन गरेको छ । मन्त्री भण्डारीले यसको पूर्वाधार वृद्धि गरी यसलाई क्याम्पसका रूपमा स्थापना गरी स्टाफ नर्स र फर्मेसी सञ्चालन गर्ने बताए । उनले कर्णाली स्वास्थ्य विज्ञानसँग समन्वय गरी स्टाफ नर्स एचएका विद्यार्थीलाई अध्यापन गराउने वातावरणका लागि पहल गर्दै आएको बताए । उनले दक्ष जनशक्ति बिना कर्णाली प्रदेशको समृद्धि नहुने भन्‍दै प्रदेशसरकार अब्बल जनशक्ति उत्पादनको लागि जुट्ने बताए । उनले शिक्षालयलाई क्याम्पसको रुपमा स्थापना गरी अर्को वर्षबाट जुम्ला जाजरकोट जोड्ने सडकको पहल गरी जाजरकोटका विद्यार्थीलाई सहज रुपमा प्राविधिक शिक्षाको पहुँचमा ल्याइने बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *