१५ बर्षका चन्द्र राजी ओस्टेओेमाईटिस रोगसंग लड्दैँ
सुर्खेत, १९ असार ।
पञ्चपुरी नगरपालिकाका १५ वर्षीय बालकको आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको छ । हस्पिटलको सबै खर्च प्रदेश अस्पतालले नै ब्यहोर्ने सहमती भएपनि बाहिरी औषधी उपचारमा २ लाख भन्दा बढी खर्च लाग्ने भएकाले समस्या भएको हो ।
राजी समुदायका चन्द्र राजी ओस्टेओेमाईटिस अर्थात हड्डी पाक्ने रोगसंग लडिरहेका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करिब २ हप्तादेखि दुबै खुट्टा पाकेको अवस्थतामा आइसीयुमा उपचार भैरहेको विरामीका दाइ पदम बहादुर राजीले बताए ।
एक हप्ताअघि सुर्खेत कै देउती अस्पतालमा सामान्य उपचार गराएपनि आर्थिक अभावका कारण कर्णाली प्रदेश अस्पतालमा लगिएको पदमले जानकारी दिए । दुबै खुट्टा पुर्ण रुपले कुहिएकाले उपचारमा समेत धेरै आर्थिक रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा सेप्सीस सेकेन्डरी टु एक्टिव ओस्टओेमाईटिस (हड्डी पाक्ने) रोग भएकोले भर्ना गरिएको सात दिन भएको छ । उनको उपचारमा डाक्टरहरु नियमित रुपमा लागि रहेको हाडजोर्नी विशषज्ञ डाक्टर रुपक कडेलले बताए ।
कुहिएको खुट्टाको पोष्टम्याटम पछि सबै भन्दा जटिल अवस्थाको रोग भएको डाक्टर कडेलले जानकारी दिए । यो रोग लागी सकेपछि पहिला हड्डी पाक्ने र रगतबाट अन्यभागहरु मृटु, फोक्सो, मृगौलामा सर्ने र ड्यामेज समेत गर्ने भएको समेत डा कडेलको भनाई छ ।
डाक्टर कडेलका अनुसार यो रोगको उपचार सम्भव भएको तर यदी हड्डीमा पिपनै जमेको छ वा हड्डी नै नष्ट भएको छभने त्यसको बारेमा पोष्टम्याटम गरेर शल्याक्रिया गर्नु पर्ने बताए ।
यसैगरी राजीको उपचारको लागि आइसोलेसन वार्ड तथा खानाको व्यवस्था अस्पताल आफैले गरेको अस्पताल निर्देशक डा डम्बर खड्काको भनाइ छ ।
साना अप्रेसनहरु दुई वटा गरिसकेको र यसको औषधीहरु महङ्गो पर्ने र पुरै उपचार गर्न अस्पतालले धान्न नसक्ने भएकोले चाडैँ आर्थिकको व्यवस्था भएमा आइसोलेसनमा राखेर उपचार गर्न दुई महिनाजति समय लाग्ने अस्पतालले जनाएको छ ।
यता राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले विरामीको उपचारको लागी आर्थिक रकम संकलनका लागि सवैसंग अपिल गरेका छन् । समाज सुर्खेतले आर्थिक संकलनका लागि अभियान शुरु गरेको र सहयोगी मन व्यापारी, संघसस्था र विभिन्न निकायहरुले तथा व्यक्तीगत रुपमा सहयोग गर्न सकिने जनाएको छ ।
सहयोगका लागी सस्थाको खाता न राष्ट्रिय बाणिज्य बैक सुर्खेत को चल्ती खाता नम्बर ८४६६ रहेको राजी शाल्म समाज सुर्खेत शाखाले जनाएको छ । आर्थिक अवस्था नाजुक भएका राजीलाई थप उपचारका लागि धेरै समस्या भएको छ । विभिन्न निकाय, गाउँ पालिका, नगरपालिका तथा विभिन्न मन्त्रालयहरुसंग आर्थिक सहयोगका लागि पहल भैरहेको समेत समाजले जनाएको छ ।