‘हामीलाई अन्याय भयो’

सुर्खेत, २० असार ।
सुर्खेतका सैलुन व्यवसायीहरुले राज्यले आफूहरुलाई अन्याय गरेको बताएका छन् । कोरोनाको संक्रमण रोक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले सैलुन व्यवसाय बन्द गराएर आफूहरुलाई अन्याय गरेको उनीहरुको आरोप छ । ‘अन्य पसलहरु निर्वाद रुपमा खुलेका छन् तर सैलुन पसलहरु बन्द गरेर प्रशासनले अन्याय ग¥यो’ नाइ व्यवसायी बिनोद ठाकुरले भने, ‘हाम्रो व्यवसाय नै संकटमा प¥यो, घरभाडा र घर खर्च चलाउन ध्यौ–ध्यौ भएको छ ।’

उनीले अरु व्यापार जस्तै आफूहरुले पनि सैलुन व्यवसाय सञ्चालन गर्न पाउनुपर्नै माग गरे । वीरेन्द्रनगरका सैलुन व्यवसायीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिमाल रेग्मीलाई ज्ञापन पत्र समेत बुभाएका छन् ।
‘पसल लगातार चार महिनादेखि बन्द भएका छ, घरभाडा तिर्न र रासन खान हामीलाई समस्या परेको छ,’ उनले भने, ‘अव त घर खर्च चलाउन समेत समस्या भएको छ ।’ नेपाल नाई संघ सुर्खेतका वीरेन्द्रनगरमा दुईसय शैलुन व्यवसाय गरेर जीवीको पार्जन गरिरहेका छन् ।






