प्रयाप्त वर्षा नहुदाँ वर्षेबालीलाई असर

दुर्गा विसी
सल्यान ,१० साउन ।
सल्यानको पश्चिम क्षेत्रमा लामो खडेरीसँगै वर्षेवाली सुख्खा पर्न थालेको छ ।
बनगाड खोला र माझकाँडा खोलामा सिंचित धान खेतीमा समेत पानी नहुदाँ राेपेका धानमा सिचाईको लागि समस्या पर्न थालेको हो ।बनगाड खाेला,सुनौली खोलामा पानी नहुदा धेरै किसानले धान राेपाइ गर्न पाएका छैन । अधिकांश खेतहरुमा धान रोपाई हुन सकेको छैन ।धान राेपाइ सकिएको ठाउँमा सिचाइ पानी नहुदा खेत चिरा परेको छ । वर्षामा पानी नपर्दा ३९ प्रतिशत पाखेवारीमा लगाएको धान, मकै, कोदो तथा अन्य वर्षेवालिमा असर परेको छ । बाँकी ४३ प्रतिशत सिंचीत धान खेतीलाई असर पारेको बनगाड कुपिण्डे नगरपालीका कृषि शाखाले जनाएको छ ।

धान रोपेर ढुक्कले बसेका किसान यतीवेला सिचाईको लागि प्रसस्त पानी नहुदाँ समस्यामा परेको जनाउन थालेका छन् । पानी नपर्दा धानमा रोग लाग्ने र सुख्खाका कारण उत्पादनमा गिरावट आउने देखिएको छ। प्रयाप्त पानी नहुदाँ बन्गाड खोला पुच्छार दखालि मान्टुरा तिरका भुभागको खेतीयोग्य जमिनमा किसानले धान नरोप्न पाएका छैनन् । केहिले धान रोपेदेखि पानी सिचाई गर्न नपाएको दुखेसो पोखेका छन् । खोला सिरानतिर पानी सुक्दै जादाँ किसानहरु धानखेतीमा पानी हाल्न रातभर जागाराम हुन थालेका छन् ।यो क्षेत्रमा वर्षा लागे पनि राम्रोसँग पानी पर्न सकेको छैन् ।पाखावारीमा लगाएको मकै सुक्दैजान थालेको छ । प्रयाप्त वर्षा नहुदाँ वर्षेवालीको उत्पादनमा समस्या आउने कृषि विज्ञहरुको भनाई छ ।

प्रयाप्त वर्षा नहुदाँ वर्षेबालीलाई असर

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *