बन्दुकसहित एक जना पक्राउ

सल्यान : सल्यानमा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सस्यानका अनुसार बन्दुक सहित मानसिक सन्तुलन गुमेका व्यक्ति प्रक्रा गरेको छ । शारदा नगरपालिका १३ स्यानीखालका ४४ वर्षीय देवबहादुर बुढामगरलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

मानसिक सन्तुलन गुमेका उनले परिवारका सदस्यलाई नै मार्न खोजेपछि नियन्त्रणमा लिएको सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । परिवारका अनुसार बुढाको दशदेखि मानसिक सन्तुलन विर्गीएको छ ।

‘दश वर्षदेखि मानसिक सन्तुलन गुमेको छ’, डीएसपी खतिवडाले भने ‘केही समय सुधार केन्द्रमा राखिएको रहेछ घर ल्याइएको रहेछ ।’ सुधार केन्द्रमा मानसिक उपचारपछि घर आएका बुढाले फेरि मानसिक सन्तुलन गुमाएको प्रहरीको भनाई छ । मानसिक सन्तुलन गुमेपछि उनले परिवारका सदस्यहरुलाई ज्यान लिने जस्तो गरेपछि प्रहरीलाई परिवारले खबर गरेका थिए ।

उनको साथबाट एउटा थान बन्दुकसमेत प्रहरीले बरामद नियन्त्रणमा लिएको छ । पक्राउ परेका बुढाले आफुसँग अन्य बन्दुक पनि रहेको बताएको प्रहरीले जनाएको छ । पक्राउ परेका बुढालाई प्रहरीले जिल्ला सल्यान अस्पतालमा उपचार गराइ रहेको छ ।

बन्दुकसहित एक जना पक्राउ

2076-09-18

Leave a comment

Your email address will not be published. Required fields are marked *