सात दिनसम्म राजमार्ग बन्द हुने

दैलेख : दैलेख जिल्लाको भगवतिमाई गाउँपालिकामा पर्ने लोहोरे बेस्तडा सडक खण्डको मध्येपहाडी पुस्पलाल राजमार्ग एक हप्ताका लागि बन्द हुने भएको छ । शनिबार सूचना निकाल्दै पुस्पलाल मध्य पहाडी लोकमार्ग योजना कार्यलय दैलेखले बन्द गर्नुपर्ने जानकारी दिएको हो ।

मध्य पहाडी लोकमार्गअन्तर्गत लोहोरे बेस्तडा मन्घर सडक खण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानको भिर काटी उक्त क्षेत्रको सडक चौडा गर्नुपर्ने भएको कारण मिति २०७६ माघ १८ गते देखि ०७६ माघ २४ गते सम्मको लागि राजमार्गमा चल्ने सवारीसाधन आवतजावतमा पुर्णरुपले बन्द गरिएको जानकारी दिएको छ ।

मध्य पहाडी राजमार्गमा पर्ने अन्य ठाउँमा सडक चौडा सकेको भए यस क्षेत्रको कडा चट्टानले बाटो चौडा बनाउँने कार्य रोकीएको थियो । हाल यस क्षेत्रमा पनि छाँचको २५० मिटर भिड कटान गर्ने लागिएको कारण बाटो बन्द हुन पुगेको पुस्पलाल मध्य पहाडी राजमार्ग योजना कार्यालय दैलेखका योजना प्रमुख इन्जिनीयर नारायणप्रसाद न्युउरेले बताए ।

यस क्षेत्रमा भएको चट्टान काटानको लागि हाल ७ दिनको सूचना निकालेको र एकै चरणमा यो काम सक्नुपर्ने भएकाले यहाँका बासिन्दाहको हितको लागि समेत यो सडकले प्रत्यक्ष प्रभाव पर्ने भएकोले सडक निमार्ण कार्यको लागि सबैले सहयोग गर्ने आर्गह गर्दै योजना कार्यालय दैलेखका सूचना अधिकारी तुलाराम शमाएले बताए ।

जाजरकोटको केही स्थान र भगवतिमाई गाउँपालिकाबाट दैलेख तथा सुर्खेत आवतजावत समेत केहीदिन प्रभावित हुने भएको भए पनि विकासको लागि सबै जुटनुपर्ने स्थानियको भनाई छ ।

सात दिनसम्म राजमार्ग बन्द हुने

YUGAAWHAN NATIONAL DAILY (2076-10-19)

सात दिनसम्म राजमार्ग बन्द हुने

‘आत्मनिर्भर भएमात्रै हिंसा अन्त्य’

Leave a comment

Your email address will not be published. Required fields are marked *