गुठीचौरमा चार दिने प्याराग्लाइडिङ महोत्सव सुरु
जुम्लाको गुठीचौर गाउँपालिकाले साहसिक पर्यटनको गन्तव्यका रूपमा गाउँपालिकालाई चिनाउन चार दिने प्याराग्लाइडिङ महोत्सव सुरु गरेको छ । कचौरा आकारको गुठीचौर पाटनमा गरिएको प्याराग्लाइडिङ महोत्सवमा एकैपटक ८ वटा प्याराग्लाइड उडिरहेका छन् । जुम्ला सदरमुकाम खलंगादेखि डोल्पाको से–फोक्सुन्डो जाने आन्तरिक तथा बाह्य पर्यटक त्यही बाटो भएर जाने भएकाले पनि महोत्सव झनै प्रभावकारी बनिरहेको गाउँपालिकाले जनाएको छ । […]




