गुनासो सुन्न जनप्रतिनिधि गाउँमा

अधिकांश मतदाताको जनप्रतिनिधि निर्वाचित भइसकेपछि गाउँ नफर्किने गरेको गुनासो छ । चुनावका बेलामा घर घरमा पुगेर भोट माग्दै निर्वाचित भएदेखि गाउँमा नआउने गरेको भन्दै नागरिकले जनप्रतिनिधिलाई गुनासो गर्दै आएका छन् । स्थानीय सरकार सञ्चालनपछि गाउँमा सडक पूर्वाधार, खानेपानी, सिँचाइ, कृषि र पर्यटनका क्षेत्रमा उल्लेखीय विकास भएपनि नागरिक आफूले चुनेका प्रतिनिधिसँग प्रत्यक्ष साक्षात्कार गर्न चाहन्छन् । […]