हुम्लाको खार्पुनाथमा औषधि अभाव

हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन् । ती स्वास्थ्य संस्थामा […]

२ सय ६४ वटा स्वास्थ्य संस्थामा सिटामोलसमेत पाइएन

नागरिकका लागि अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउने सरकारी नीतिको प्रभावकारी कार्यान्वयन नभएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार औषधि वितरणको अनुगमन गर्दा स्वास्थ्य नीति २०७६ अनुसार अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुनुपर्नेमा कतिपय अस्पताल र स्वास्थ्य चौकीमा सिटामोलसमेत नभएको पाइएको हो । स्वास्थ्य सेवा विभागले प्रयोगमा ल्याएको सफ्टवेयरमार्फत परीक्षण गर्दा […]