रानीघाट भेरी नदीमा पुल निर्माण अन्योल
सडक डिभिजन कार्यालय, सुर्खेतले गत आर्थिक वर्ष २०७९-०८० को भदौ महिनामा ठेक्का तोडेपनि अन्य प्रक्रिया अघि बढ्न सकेको छैन । ठेक्का तोडिएपछि निर्माण कम्पनी अदालत पुग्दा पुल निर्माण, नयाँ ठेक्काको प्रक्रिया रोकिएको छ ।




