डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

डडेलधुराको आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलोपटक जलपन्छी गणना गरिएको छ । नेपाल पन्छी संरक्षण संघ (बिसिएन)का चराविज्ञ हिरुलाल डगौरासहितका गणकहरूले डिभिजन वन कार्यालय डडेलधुराको समन्वयमा ताल क्षेत्रमा जलपन्छी गणना गरेका हुन् । ताल क्षेत्रमा ४८ प्रजातिका जलपन्छी देखा परेको चराविज्ञ डगौराले बताए । उनका अनुसार तालमा मुख्यगरी ठुलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस, […]