सामाजिक कुरीतिबिरुद्ध भण्डारीबाडाका आमाहरु गाउँबस्तीमा जनचेतना फैलाउँदै
समाजमा जरा गाडेर बसेको सामाजिक कुरीतिबिरुद्ध जुम्लाको चन्दननाथ नगरपालिक–२ भण्डारीबाडाका आमाहरु गाउँबस्तीमा सचेतना फैलाउन जुटिरहेका छन् । पहिलो चरणमा सदरमुकाम खलंगामा सडक नाटक र देउडा गीतबाट समाजमा हुने हरेक हानिकारक बेथितिविरुद्ध लाग्न सन्देश दिएका उनीहरु अहिले दुर्गम क्षेत्रका गाउँबस्ती र विद्यालयमा सचेतना फैलाइरहेका हुन् । चन्दननाथ–२ की हिमालक्ष्मी भण्डारीको नेतृत्वमा वडा २ भण्डारीबाडाका आमाहरु जुम्लाको […]



