कर्मचारीले पाएनन् तलब
दैलेखको आठबिस नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दसैंपछि कर्मचारीले तलब खान पाएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नतोकिँदा तलबसँगै नगरपालिकाका कामसमेत प्रभावित भएका हुन् । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा नगरपालिकाका काम भइरहेका छन् । जसका कारण निर्णय लिनुपर्ने महत्त्वपूर्ण काम प्रभावित हुने गरेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर […]



