घुँयत्रो: खेलकुद स्टेडियममा जनता, तर खेल मैदानमा राजनीति”

के झाेक चल्याथ्याे कुन्नि ! बा ( प्रधानमन्त्री ) ले अल्लि अस्ति कताहाे अब दशाैँ खेलकुद गर्ने, खेलकुद हुन्छ । खेलकुदकाे तयारी गर भन्ने आदेश गर्याथे क्यारे ! त्यै सुनेर त हाेला खेलकुद मन्त्री ऐले तुत्ताउँदै सुर्खेत पुग्याछन । केन्द्रमानि आफ्नै र खेलकुद हुने ठाउँ कर्नालियाँनि आफ्नै सरकार भा हुनाले बारम्बार खेल हुन्छ भन्दै बहाना बनाउँदै रद्द गर्दै गर्या एमाल्या सरकारलाई १० आै राष्ट्रिय खेलकुद गराउन नि मन छ अनि नयाँ नियुक्त गर्नु पर्ने सचिव काँग्रेसले लग्दिन्छकि भन्नेनि पिरछ ।
खेलकुदका नाममा अथाह बजेट चलाएर कार्यकर्ता पालम्ला र मन फुकाएर राष्ट्रकाे ढुकुटी उडाएछि झाेलेहरु सर्साउने माैका पाएभने त चुनाउका बेलाँ तिनै झाेलेहरलाई गाउँशहर डुलाएछि कस्ससाे चुनाब नजितियला र भन्ने साेचले खेलकुद गर्ने दाउमा बा छन, तर फेरि पैशा खाेलाे बगाउनु पर्ने सचिबका नामाट अनि सचिबै आफ्नो नहुने हाे भनेत कसरी हुन्छ त भन्ने भएरै त हाेला बाले मन्त्रीलाई कर्नालिमै खटाएर खेलकुद गर्ने कुरा उब्जाउन र सचिव बनाउन सक्ने नसक्ने कुरा बुझ्न मन्त्रीलाई पठा हाेलान क्यारे तर खेलकुद मन्त्रीलाई मुख्यमन्त्रीले कस्ताे किसिमकाे सल्लादे त्यै अनुसार बाले हुकुम गर्ने हाेलान । यदि सचिव बनाउने अधिकार हाम्राे आफ्नै हाे हामी आँफै बनाउँछम भनेर कर्नालिकाे सामाजिक विकास मन्त्रीले अडान लिएर आफ्नै सिफारिसाँ मान्छे पठाउन थाले भने खेलकुद नहुननि सक्छ तर हैन खेलकुद त गर्ने त्याँनि एमालेकै सरकारछ । कर्नालिका एमाले जनतालाई निरास बनाउनु हुन्न ,८४ साँ नि कर्नालिबाट बहुमत लणयाएर एमालेकै सरकार बनाउने साेच बनाउनु पर्छ भन्ने बालाई लाग्याे भने बाले दुईटा विकल्प राेज्न सक्छन । याैटा कर्नालि सरकारबाट काँग्रेसलाई हटाई दिने ( जुन ऐलेमुख्यमन्त्री यामलाल कँडेलले काँग्रेसले सहयाेग नगरेकाे, विपक्षिकाे भूमिका खेलेकाे)आराेप लगाउँदै आईरहेकाछन ।अर्को खेलकुदका लागि सम्पूर्ण रकम केन्द्रीय सरकारले गर्ने र याे खेलकुद राष्ट्रिय खेलकुद भएकाले पनि केन्द्रीय सरकारलेनै खेलकुद सचिव नियुक्ति गर्ने भनेर सचिवकाे नियुक्ति नै बाले आफ्नो हाताँ लिन बेर छैन । किनभने ऐलेकाे प्रधानमन्त्रीलाई जुनसुकै काम गर्न पनि कुनै कानुनले राेकथाेक गरेकाेछैन ।
राेकथाेक गरेकै भएनि ओलिबाले यश अघि गरेका सबै निर्णय सदर भएकैछन । त्यसैले बाकाे यसपटककाे खेलकुद गराउने चाहना अनि मन्त्रीलाईनै खेलकुद स्थलमा पठाउनु, अनित्यहाँका सरकारसित बैठक राख्नु,बैठकका उपस्थित मान्छेहरुकाे भावना, अनि सामाजिक विकास मन्त्री समेतकाे सुझाब यावत कुरालाई बुझ्दा र हेर्दा राष्ट्रिय खेलकुद सन्चालन गर्नै पर्ने निष्कर्षमा याे पटक बा पुग्ने कुराँ बाका झाेलेहरुनि निश्चिन्त छन भने ,हामी त झन सामान्य नागरिक खेलकुदका गतिविधि बढे विकासका गतिविधि र सामान्य चहलपहल बढला त्यसकारण पनि खेलकुद हुनु पर्छ भन्ने पक्षमै छाैँ ।
१ वर्ष अघिदेखि राष्ट्रिय खेलकुद हुन्छ भनेर तयारीमा बसेका खेलाडी र खेलहेर्ने धाेकाे लिएर बसेका हामी कर्नालिका मान्छेका नि कैले खेल हेर्न पाईएला भनेर स्टेडियमतिर लगाका आँखानि हेर्दाहेर्दै टट्टाई सके । त्यसैलेनि बा याे चाेटि त खेलकाे मिति घाेषँणा गराईदिई हाल्नाेस है । अब हामी खेल हुने दिन गनेर बस्छम् ।






