घुँयत्राे:”नैतिकता गुमाउँदै सुविधा बटार्दै: ओली सरकारको ‘कोदाे दिवस'”

बेथितिकाे नमूना : मन्त्रीहरुकाे तलबभत्ता र अन्य सुविधा ऐनले ब्यस्था गरे बमाेजिम दिने गरेकाेमा उक्त सेवा सुविधा सम्बन्धि ऐन खारेजगरि अब उप्रान्त मन्त्री मण्डलले नै सेवा सुविधा निर्धारण गर्ने निर्णय पहिलाे काेदाे दिवसका दिन (१६ साउन २०८२) प्रधानमन्त्री खड्कप्रसाद ओलिज्युकाे नेतृत्वमा रहेकाे सरकारले गरेकाे कुरा सन्चारमाध्यममा आकाे त सबैले सुन्नु भए हाेलानि !? कति राम्रो छ त हाम्राे सरकार ! देशमा एमाले सरकार भएकाेमा गर्व गर्ने कुरा भन्या यै हाे ।यस्ता निर्णयलेनै हाे कार्यकर्ताकाे मनाेबल बढाउने भनेकाे ।सदनबाट कानुन बनाउन खाेज्याे काेहि मन्त्रीकाे राजीनामा माग्याछन ,काेहि ऐनमा राख्या शब्द कल्ले खायाे भन्याछन , त्यसकाे छानविन गर्न समिति गठन गर्न माग्याछन काेई याे चाईयाे काेई त्याे चाईयाे भनेर काेई बाटो छेक्ने अनि काेई राेष्टम घेर्ने , प्रधानमन्त्री जस्ताे मान्छे शीत सवाल जवाफ गर्न खाेज्ने,कमिष्टले चलाउने सरकाराँनि आफ्ना अधिकारका कुरा खाेज्ने यस्तो पनि हुन्छ कइँ ? त्यै भएर सदनमा कानुन बनाउने ,हंगामा र बबाल मच्चाउने काम कल्ले गरिरओस त्याे भन्दा आँफै बनाउने आँफै खाने भनेर त हाेला सरकारले छाेटाे बाटो राेज्या । यसाे भयाेभने झाेले सहित जनतासमेत खुशीहुन्छन भनेर बहुआयामिक खुशीकाे बाटाे सरकारले राेजेछ यसले मन्त्रीहरुलाई छिटै समृद्धिमा पुर्याउनेछ । अनि बाकाे समृद्धिकाे नारानि सफल र ब्यबहारमा उत्रिनेछ । यसका लागि सरकारलाई धेरै धेरै बधाई दिनु पर्छ । याे एक वर्षे अबधियाँ सरकारले धेरै राम्रा काम गर्याछ तर के गर्नु झाेलेहरु गाउँगाउँमा प्रचारमा पुर्याउन्नन ।बहुविवाह गर्न पाउने, कुलिङपिरियड हटाउने,भुमी कानुन ल्याएर सरकारी जग्गा सुकुम्बासीलाई दिने ( एमाले भित्रकाे भ्रम भनेकै लालपुर्जा दिएछि सुकुम्बासीले एमालेलाई भाेटदिन्छन भन्ने हाे त्यसैले पुर्जादेउ भाेटलेउकाे राजनीतिले एमालेलाई सिक्स्तैसित गलाछ ) अनि उनकै निहुमा जग्गा दलालहरुलाई जग्गादिने, यसबाट कार्यकर्तालाई कराेडाैँकाे फाईदा हुन्छ भन्ने जस्ता ऐन र ऐनका कुरा जनता अगाडि पुर्याईदेपाे हुन्छ !? खालि खानै जन्मेकाहरु जस्ता रातदिन खानकै मात्रै कुरा गर्ने कार्यकर्ता र झाेलेका कारण बाका यति राम्रा कामकाे प्रचारै भाछैन । राम्रा कुराकाे निर्णय गरेर बाईर आयाे आफू बाइर आइपुग्दा नपुग्दै आँफुले भित्र गर्या निर्णयकाे सामाजिक सञ्जाला नानाथरिका बुट्टा भरेर त्याे निर्णयनै गलत भनेर संसारभर फैलाउँछन अनि काँट हुन्छ के याे देशकाे विकास ! १६ साउनमा मात्रै कति राम्रो निर्णय गरेर अबदेखि मन्त्रीकाे भत्ता, तलब र सुखसुविधा सब मन्त्री मण्डलकाे बैठकले ताेक्ने ऐनसैन चाइन्न , पैलेकाे ऐन खारेज ,भनेर निर्णय सकेर बाईर आईयाे त्यसकाे भाेलिपल्टै सरकारकाे विराेधशुरु । यस्ताे गरेर नि कइँ काम गर्न सकिन्छ । न सरकार भित्रका दल र त्यसका मन्त्रीहरु यति राम्रो निर्णयकाे डिफेन्स गर्न अघि बढछन न झाेले र कार्यकर्ताहरु ? कतिठाँ तपाईंले मात्रै प्रतिवाद र डिफेन्स गर्न सक्नु हुन्छ उता पाटियाँ खैलाबैला मच्चाएर तपाइँका विरुद्ध साजिस रच्नेलाई धम्क्याउन जान सक्नु हुन्कि यता सरकारले गर्या कामका विरुद्ध जानेलाई ठेगान लाउनु हुन्छ ? याे बुढेसकालाँ हजुरलाई सारै दुख भाे त्यसैले प्रधानमन्त्री ज्यु प्रधानमन्त्री र अध्यक्ष जति बर्ष खाने ईच्छाछ खानाेस तर यस्ता बकम्फुसे र जनविरोधी निर्णय नगरेर खुरुखुरु कानुन अनुसार काम गर्नुस न ! किन टेन्सन बढाउने काम गर्नु हुन्छ ! अँझै २० बर्ष राजनीति पनि गर्छु प्रधानमन्त्री पनि हुन्छु भन्नू हुन्छ त ती कामका लागि बाधक बन्ने काम किन गर्नु हुन्छ । त्यसैले प्रधानमन्त्रीज्यु ती सबै काम छाेडनाेस सरकार चलाउनाेस बस यति भएछि हामी एमालेलाई पुग्छ ।

घुँयत्राे:”नैतिकता गुमाउँदै सुविधा बटार्दै: ओली सरकारको ‘कोदाे दिवस'”

घुँयत्राे:”खाना पाँचतारे, नीति शून्य: विधिबंशको संकेत!”

घुँयत्राे:”नैतिकता गुमाउँदै सुविधा बटार्दै: ओली सरकारको ‘कोदाे दिवस'”

राजनीतिक र शासकीय दृष्टिमा सरकार सफलः मुख्यमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *