घुँयत्राे:”खाना पाँचतारे, नीति शून्य: विधिबंशको संकेत!”

गाउँ घराँ कसैले नराम्रो काम गर्या देखे भने बुढा पाकाहरु ` हैन यल्ले त विधिबंशै पार्ने भाे´ भन्या सुनिन्थ्याे ! ऐले सरकारका कुरा सुन्दा वलि र सभामुख मिलेर देशाँ त` विधिबंशै ´गरेर छाेडने भएत हँ । सदनाँ सांसदहरले क्यान्टिनकाे खाना मिठाे भएन भने पछि क्यान्टिनवालालाई खाना मिठाे बनाउ माननीयहरुकाे गुनासाे आछ भनेर उल्लाई सचेत गराउनेकि त्यै निहुँमा पाँचतारे हाेटलाट खाना मगाएर ख्वाउने हँ ? त्यसैत देशकाे अबस्था कङ्गालमा परिणत हुन लाईराछ अँझ भएन भनेर जति सक्याे खर्च बढाउन किन सरकार लाईराछ ! जनताले जुन कुराकाे विराेध गर्छन अनि आफ्नो आर्थिक क्षमताले भ्याउन्न त्याे काम गर्न किन सरकार अग्रसर हुन्छ के ! सायद याे धन्दा गराउन खाेज्ने र विधिबंश पार्न खाेज्ने संसद सचिवालयकाे सचिब हाेला ! पाँच तारे हाेटेलाट खाना खाजाकाे काराेबार गरेत बर्ष भरिमा कराडाैँकाे काराेबार हुन्छ अनि त्यैबाट भष्टाचार गर्न सजिलाे हुन्छ भनेर त हाेला रातारात पाँचतारे हाेटेसहरुसित सम्झौता गर्ने तयारीयाँछन याे देशका भ्रष्ट कर्मचारीहरु ।

हुनत मानीयहरुनै हाम्राे निउमा भष्टाचार गर खाउ भनेर लागेछि कर्मचारीले त्याे अबसर किन गुमाउँथेतनि नेता गतिलाे भएपाे तिनले चलाउने कर्मचारी गतिला हुन्छन जब नेतृत्व गर्ने नेतानै गतिलाे छैनभने कामगर्ने कर्मचारी त त्यसै अगतिलाे हुन्छनै । ऐले देशमा केही दिनदेखि सरकारले लगातार जेजस्ता काम गर्दैछ ती सबै जनबिराेधि र भष्टाचारी काम हुन । सरकारले गर्ने हरेककाम जनविरोधी हुने र जनता सरकार र सांसदकाे विराेधमै बाेलि रहने बाध्यता बनाउने हाे भने सरकारले बरु घाेषणैँ गरेर हामी ८४ काे चुनावपछि चुनावि मैदानमै आउँदैनम त्यसैले याे २ बर्षमा जसरि हुन्छ देशलाई टुप्याएर छाेडने लक्ष्यछ भनेर भन्दे देखि जनताले हरेक कामकाे विराेध गर्नै पर्थेन ।अनि त नेताहरुले याे देशलाई जताबाट जति हातले जसरि लुछेनित हुन्थ्याे क्यारे । संसारमा अनेक थरिका सरकार छन तर याे नेपालकाे जस्तो छाडा र विधिबंश पार्ने सरकार त कइँ छैन हाेला सायद ! यस्ताे जातिबित्ति त अलकायदाकाे सरकारलेनि गर्याथेन हाेला । यति स्यानाे अनि यति कमजाेर अर्थतन्त्र भाकाे मुलुकाँ सरकारलाई जे मन लाग्याे त्यै गर्दै जाने कुनै ऐन नियम विधिविधान नमानेर, कसैकाे पनि सिमामा नबसेर प्रधान,सभामुख वा याैटा सचिवलाई जे लाग्छ त्यै गर्दै जाने हाे भने त जनताले पनि सहलान र एकदिन न एक दिनत जनतापनि बिद्राेहमा उत्रेलानत !

७९ काे निर्वाचन जितेर आएका वा समानुपातिकबाट नेतृत्व गर्ने जतिपनि नेता छन ती सबै नेताले एकएक हर हिसाब राखेर सडकमा उत्रिए भने नेताकाे हालत के हाेला । नेताजीहरु तपाँहरु ऐले जनता विरुध्दकाे अभियानमा जसरि खनिनु भएकाेछ अब जनता ब्यवस्था र राजनीतिक प्रणाली विरुद्ध हैनकि नेताविराेधि आन्दोलनमा उत्रनेछन त्यसबेलामा जनतालाई के भनेर तपाइँहरु भाग्नु हुन्छ , कहाँ भाग्नु हुन्छ अब तपाईँहरुले भाग्ने ठाउँनै पाउनु हुने छैन । त्यसैले अति गर्नु अत्याचार नगर्नु भन्छन के तपाइँहरु सुध्रिन र कर्मचारीलाई सुधार्न सक्नु हाेला ? हेर्नुस त ४८ देखि राज गर्न लाग्नु भएकाे तपाइँहरुले ३५ बर्षसम्म राज गर्नु भाे तर जनता तपाईंहरुकाे याे राज गराईसित सन्तुष्ट छैनन ।यस्ताे हुँदानि सरकार अँझ जनविरोधी काम किन गर्छ । अब जनतासित विकल्प छैन । जे विकल्प राेज्छन त्याे उनिहरुकाे बाध्यता हाे ।अस्तु !

घुँयत्राे:”खाना पाँचतारे, नीति शून्य: विधिबंशको संकेत!”

बर्दियाको किरिनखोलामा जलसतह सतर्कता तहभन्दामाथि

Leave a comment

Your email address will not be published. Required fields are marked *