घुँयत्राे : घुइँइँइँअँ हेलिकप्टर चढेर सुर्खेत आईपुग्नु भा बालाई

हुम्लाँ बेलिब्रिज उदघाटन गर्न घुइँइँइँअँ हेलिकप्टर चढेर सुर्खेत आईपुग्नु भा बालाई कर्नालिकाे माैशमले दिनैभरि राेक्याे हगि ! कुर्दाकुर्दा दिक्क हुनुभाका बा र ह्वाँका संगमा आकाहरु ४ बजेतिर माैसम फाटेर सुर्खेतकाे हेलिप्याडबाट उडेछि बल्ल बालाई ढुक्क भाे कि अब चुवाखाेला पुगिने भाे भनेर । कति दिक्क हुँदाेरैछ त बा इन्तजार गर्न ! हजुरलाई करिब८ घण्टा कुर्दा त कति दिक्क लाएहाेला भने हामीत बिगत ४६ साँ बहुदल आएदेखि कर्नालियाँ कैले बाटाे पुग्ला भनेर कुर्याकुर्यैछम् !
कुर्दाकुर्दै ३५ बर्ष पुग्याे बल्लबल्ल अस्थायी पुलसम्म हालेर चुवाखाेला तर्नेसम्म उपाए भाे, अब त्याे खाेलाे तरेछि चाइँ हुम्लिले सजिलै चाइना पुगेर सरसामान ल्याएर आफ्नाे गाउँ घराँ सानाेतिनाे व्यापार ब्यवसाय गरेर जिवनसम्म धान्ने आशासम्म गर्न सकिने भाे !
तर कर्नालि राजमार्गकाे दुर्दशा चाइँ ऐलेनि त्यस्तैछ । के गर्ने हजुरपाे प्रधानमन्त्री हुनुभाे तपाईँका लागि हेलिकप्टर ,प्लेन जेचढम् भनेनि चाहना गरे भैगाे । तर हामी त हाम्राे हैसियतले त्यस्ताे चाहना राख्ननि सक्दैनम् ।
हाम्लाई त कि त हिँड्न पर्याे , कतै अक्कल झुक्कल गाडि चढने माैका मिल्याे भनेनि त्याे कर्नालि राजमार्ग देख्दै कहालि लाग्दाे ,मुस्किलले याैटा टायर बाटाँ त अर्को टायर पैराँ लतार्दै गाडि हिँडछन ! सुन्दा विश्वाश लाग्दैन, अनि गाडिबाट अगाडिको बाटो हेर्याे कि मुटुले ठाउँ छाेडछ । तरपनि कालाँ पहाडदेखि कामगरेर रुपडिया झरेछि नेपाल गन्जाट बस चढेछि मुस्किलले पानदिनाँ खार्पुनाथ पुगिन्छ ।
वस वा ट्रक चढेदेखिनै सकुसल घर पुग्न कुलदेउता पुकार्या पुकार्यै गर्नु पर्छ ।हाम्र लागि बैकल्पिक नउपाए छ न सडकछ । उडने चिज हामी कल्पनै गर्न सक्दैनम । गाेडा दशेक मैना भारतका विभिन्न गाउँ शहर चाहार्दै बाेझा बाेक्दै कमाका पैशा कैलेकाइँ त बाटा खर्चैले पुग्दैन ।
अनि काँकाे उडने चिज चढेर घर पुग्नु । हजुर जस्ताे भट्भट्याँ भटटटटटटटट गर्दै सुर्खेताट १ घण्टाँ हुम्ला पुग्न सकिन्न क्यारे ! कैलेकाे हिलाे कैलेकाे धुलाेले मान्छेले चिन्नै नसक्ने भएर घर पुग्नु पर्छ ।
हाम्राे दुख्ख तपाइँलाई सुनाई साध्य छैन । प्रधानमन्त्री ज्यु तपाईं त तराईकाे मान्छे , तराईकाे दुख्ख र पहाडकाे दुख्खमा धेरै भिन्नताछ । तपाईं हाम्राे हुम्ला पुग्न जसरि ८ घण्टा कुर्दा तपाइँलाई बर्षाैँ कुरेजस्ताे अनुभव गर्नु पर्याे त्यै अनुभबलाई लिएर भएनि कर्नालिकानि मान्छ्यै हुन तिनरलाई नि मुलधारमै ल्याउनु पर्छ र राज्यका अरु जनताले पाए सरह सुबिधा पाउनु पर्छ भन्ने साेचेर कर्नालि राजमार्ग बनाउन मस्तै बजेट हालेर याे राजमार्ग काे पुर्ण जिम्मा सेनालाई दिएर जति सक्याे छिटाे कर्नालि राजमार्गलाई मृत्युु मार्गबाट मुक्ति दिलाउनु पर्छ ।
कर्नालिमा बन्ने राजमार्ग ले सरकारलाई कैल्यै घाटा गराउँदैन । त्यहाँकाे सडकमार्गमा निश्चितन्त गाडि चल्ने ब्यवस्था भयाे भने मार्सीदेखि स्याउ र पाँच आैँलेदेखि गुछि च्याउ अनि तितेपातिदेखि ओखर अनि सम्पुरण जडिबुटीकाे ओइरै लाग्नेछ र कर्नालिका जनताकाे जीवनमा ठूलाे समृध्दि आउनेछ ।
याैटा प्रदेशमा समृद्ध हुनु भनेकाे सिंगाेराष्ट समृद्धितिर उन्मुख हुनु हाे ।त्यसैले संघिय राजनीतिमा कर्नालिकाे एमालेले प्रतिनिधित्व गर्दैन भन्ने मनमा ईर्ष्या नपालेर कर्नालिकाे सडकमा वजेट मनग्गे आउने कुरामा हुम्लाबासी विश्वस्त छन । कृपया हुम्लाबासीकाे मन कुड्याउने काम नगर्दिनु हाेला ।हुम्लिकाे अन्तिमईच्छा र जिनुकाे सहारा भनेकै कर्नालि राजमार्ग हाे । प्रधानमन्त्री ज्यु कुरात बुझ्नु भाे नि !






