घुँयत्राे : विचरा माष्टरहरुनि बाकै राजनीतिक …
देशभरका माडसाबहरलाई गालि गर्ने बहानामा बा ले गत बर्ष see काे रिजेल्ट राम्रो नल्याकाे भनेर हुक्नसम्म हुके । के गरून् विचरा माष्टरहरुनि बाकै राजनीतिक पाटिकाे विल्ला भिरेर पढाउने भन्दा बढ्ता पाटिकै काममा खटिने र संगठनका नाममा जे गरेनि हुनेझैँ गर्दै हिँडथे बाकै झाेले भएर कैलेकाे मेचि र कैलेकाे महाकाली गर्दै हिँडेछि अनि रिजल्ट नराम्रो (४८ प्रतिसत )नआएर राम्रो काँट आओसतनि !
याे पटकचाईँ बाले शिक्षानियमावलि ल्याई दिन्छकि भन्ने आशमा हाेकि किनहाे कुन्नि माडसापहरले करि ६२ प्रतिसत विद्यार्थी पास भाकाे रिजल्ट निकालेतहँ । आन्दोलन सकेर कपि जाँच्न बस्या त कतै आन्दोलनकाे खुसी खुसीमा भतक्कै नम्बर देर यति धेरै विद्यार्थी पास गरा त हैनन माडसाबहरले मलाई त संकै लाग्छ है ! ऐल्यै ६२ प्रतिसत पास भै सक्दा माैका परीक्षाँ अँझ १८ प्रतिसत पास भए भनेत ८० प्रतिसत याने कि पास हुनेकाे संख्याकाे प्रतिसतले नि डिस्टिङसन हान्ने भाे त हँ !
विद्यार्थीले लेखेरै पास गरेकि सरहरले नम्बर देर पास गरे कुन्नि कुराे त बुझि नसक्नु लायाे है मलाई त ! याे सि भन्ने परीक्षा नि अब पैला पैलाजस्ताे फलाक कै गेट भन्ने चाइँ रहेजस्ताे लाएन है मलाई त! ! के गर्ने याे तहमा यतिधेरै विद्यार्थी पास हुँदा खुसी र गर्वले छाति फुल्नु पर्ने ठाँ याे देशकाे विजाेग हेर्दा याे जनशक्ति जति धेरै जसाे कि विदेशतिर हान्निने अनि काेई बेराेजगार भएर यै देशाँ हल्लिन बाध्य हुनु पर्दा कैले काइँ त रिजेल्ट राम्रो भएनि दिक्क लाग्दाे रैछ मान्छेलाई ।

प्रधानमन्त्री याने कि बाले `सीकाे ´ परिक्षाकाे जति चिन्ता ल्याथे त्यस्तै गरि पास भएका विद्यार्थीले चाहेकाे विषय आफ्नै देशाँ पढन पाउने ब्यवस्था सरकारले गर्दिन चिन्ता गर्याभा पाे विद्यार्थी र तिन्का बा आमाले सरकारले गर्याछतनि भनेर चित्त बुझाउँदाहुन । सरकारले डाक्टर पढाउने कलेज नखाेलेनि हामी आफ्नै पैशाले कलेज खाेलेर डाक्टरी पढाउँछम कलेज खाेल्न देउ भन्दानि सरकार कलेज खाेल्न दिन्न ।
अनि कुन तहमा कति विद्यार्थी पास भए भनेर बाले चिन्ता गर्या के अर्थछ र ! बा र बा शीत मिलेर शासन चलाउनेहरलाई स्वदेशाँ कलेज खाेल्न नदे बापत दलालहरले दलालि दिएकामै रमाउने अबसर मिल्या बेला सरकारले स्वदेशाँ डाक्टर पढाउने कलेज खाेल्ने कुरै भएन । देशकाे युवा उत्पादनलाई भरसक विदेशमै लखटन पाएदेखि रेमिटान्स असुल्न पाईने र त्यसैले राजकाज चलाउने नीति लेर बसेका शासकहरुकाे खेल हामी सामान्य नागरिकलाई केथा ? !
कैले धेरै विद्यार्थी पास भा काेमा अनि कैले धेरै विद्यार्थी फेल भाकाेमा शासकहरु किन चिढिन्छन त्याे उनरुनै जानून ! तर जे भएनि वर्षभरिकाे मेहनतले रंङ ल्याएकाेमा परिक्षामा पास भएका ती सबै विद्यार्थीहरुलाई शुभकामना तथा बधाई ! अन्तमा बा तपाइँलाई साँच्चिकै विद्यार्थीकाे चिन्ता लागेरै सीकाे परिक्षाकाे परिणाममा चासो दिनु भएकाे हाे भने देशमा डाक्टर ,ईन्जिनियर र अन्य प्राविधिक विषय पढने सरकारी कलेज खाेल्दिनुसन तब जनताले ` केपि ओलि हाई,हाई´ अरु दललाई `बाई बाई ´भनेर नारा लाउनेछन र ८४ देखि सत्तामा तपाईं कै राज रै रहनेछ । कुराे बुझ्नु भाे नि !





