सुर्खेतबाट नारायणगढ जाँदै गरेको बस दुर्घटना
सुर्खेतबाट नारायाणघाट जादैँ गरेको बस कपिलबस्तुको शिवराज नगरपालिका-१ बनकसबासामा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक हरिबहादुर वलीकाअनुसार सुर्खेतदेखि नारायाणघाट जाँदै गरेको लु २ ख १५९८ नं को बस बनकसबासामा दुर्घटनामा परेको जानकारी दिए।
बसमा सवार २६ जना यात्रु रहेको र ति सबै घाइते रहेको उनको भनाई छ । घाईतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बांकी छ ।







