सहारा विहिन वालवालिकाइ प्रदेशीबाट आर्थिक सहयोग (सहयाेग दिनकाे नामावलीसहित)

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नं,४ देउलिमा दम्पती नै मृत्यु पश्चात् ३ वालवालिका विच्चलिमा परेका छन् । २ वर्षिया सुस्मिता वुढा,४ वर्षिया छाेरा भुपेन्द्र वुढा र ९ वर्षिया वालक रेशम वुढा यतिखेर वृद्ध हजुर आमाको सहारामा छन् । उनीहरुकाे लागि भारत पुगेका नेपाली सल्यानि दाजुभाइले केहि रकम उठाए नेपाल पठाएका छन् ।

मनाेज वुढाले श्रीमति कमला वुढाकाे धारिलो हतियार प्रयोग गरि हत्या गरे लगत्तै मनाेज घरमै दलिनमा झुन्डिएर आफ्नो हत्या गरेको करिव दुई महिना वितिसकेकाे छ।दुबै बाबु आमाकाे मृत्यु पश्चात् दुई वर्षे दुधे वालकसहित ३ वालवालिकाकाे यतिखेर विचल्ली परेको खबर प्रदेशि गाउँले दाजुभाइ मिलेर सहयोग उठाएर सहयोग गरेको बनगाड कुपिण्डे नगरपालिका वडा नं २ निवासी कृष्ण राज शर्माको भनाइ रहेको छ ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं २,३,४, कुमाख गाउँपालिका छिमेकी जिल्ला जाजरकोट स्थायी ठेगाना भइ हाल गुजारातमा रहनेहरुले समेत याे काममा ठुलो सहयोग गरेको शर्माको भनाइ रहेको छ । उक्त रकम वडा अध्यक्ष पुष्कर विसिकाे राेहवहरमा पत्रकार दुर्गा विसिले घरमै पुगेर ति वालवालिकाइ हस्तान्तरण गरिएको वताएकाे छ। विभिन्न व्यक्तिहरुबाट उठेको ४९ हजार ५ सय ६० रुपैया घरमै पुगि लालन पाेषणमा टेवा पुगाेस भनेर त्यहा रहने नेपालीहरुले पठाएको रकम हस्तान्तरण गरिएको ।

सहारा विहिन वालवालिकाइ प्रदेशीबाट आर्थिक सहयोग (सहयाेग दिनकाे नामावलीसहित)

सम्पादकीय : मुक्त हलियाको उचित सम्बोधन गर