२०८२ फाल्गुन ५ गते
×

Now Playing

वृक्षारोपण रोप्नका लागि मात्र नभई समृद्धिका लागि हुनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षारोपण रोप्नका लागि मात्र रोप्ने नभई समृद्धिका लागि हुनु पर्ने बताएका छन् ।

डिभिजन वन कार्यालय सुर्खेतले शुक्रवार वीरेन्द्रनगरमा शुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले वृक्षारोपण गरेपछि वेवास्ता गर्ने अहिलेसम्मको अवस्थालाई अब बद्ल्न आवश्यक रहेको औल्याए ।

उनले सरकारीस्तरबाट गरिएका कार्यहरु क्या राम्रो हुँदा रहेछन भन्ने अनुभूति हुने गरि वृक्षारोपण कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । वृक्षारोपण गरेर मात्र नपुग्ने हुँदा रोपेका बिरुवाहरुको उचित हेरचाह, संरक्षण तथा दिगोव्यवस्था गर्ने कार्य सबैको जिम्मेवारी भएको उनको भनाइ थियो ।

वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयले वीरेन्द्रनगर–११, सुब्बाकुनादेखि वीनपाकै वडा नम्वर १, बाङ्गेसीमलसम्मको रोडको डिभाइडरमा ‘भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण भन्ने मुल नाराका साथ स्वामी, कल्की फूल, पारिजात लगायतका सौन्दर्यमूल प्रजातिका वृक्षाहरु रोप्ने कार्य शुरु गरेको छ ।

कार्यालयले अघि सारेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ मा सहकार्य तथा समन्वयका लागि वातावरणप्रेमी व्यक्तित्वहरुसँग हातेमालो गर्न आग्रह गरिएको डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले जानकारी दिए ।

उनले ११ दिने प्रदेश राजधानी वृक्षारोपण कार्यक्रम अन्तर्गत ट्रिगार्डसहित १ हजार १ सय ११ वटा विरुवा वीरेन्द्रनगरका मुख्य सडकहरुका डिभाइडरमा रोपिने लक्ष्य रहेको बताए ।

२० लाख लागतको उक्त कार्यक्रमबाट रोपेका बिरुवाहरुको उचित हेरचाह र संरक्षणका लागि ‘वन हेरालु’ समेत परिचालन गरिने उनको भनाइ थियो । वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतलगायत वातावरणप्रेमीहरुको सहभागिता रहेको थियो ।

वृक्षारोपण रोप्नका लागि मात्र नभई समृद्धिका लागि हुनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई

नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै

वृक्षारोपण रोप्नका लागि मात्र नभई समृद्धिका लागि हुनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई

दैलेखमा जिप दुर्घटना हुँदा दुईको अवस्था गम्भीर,