यार्सा संकलन क्षेत्रमा खटाइयो : चिकित्सक र सुरक्षाकर्मीको टोली


मुगुको पाटन क्षेत्रमा औषधिसहित चिकित्सकहरुको टोली खटाइएको पाटन यार्सा टिप्न गएका संकलकहरु लेक लागेर बिरामी हुने र मृत्यु हुन लागेपछि जिल्लाबाट औषधिसहित चिकित्सकको टोली पाटन क्षेत्रमा पठाइएको हो ।

चिकित्सक कर्णराज भामको नेतृत्वमा औषधि र अक्सिजनसहित एक जना चिकित्सक र अन्य तीन जना स्वास्थ्यकर्मी गरी चार जनाको टोली यार्सा संकलन क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । यार्सा संकलन क्षेत्रमा लेक लागेर धमाधम बिरामी र मृत्यु हुन थालेपछि रोकथामको लागि जिल्लाबाट औषधिसहित चिकित्सक टोली पठाउनुपर्ने अवस्था आएको उनी बताउँछन् ।

जिल्लाबाट गएको चिकित्सकको टोलीले मुगुम कार्मारोङ गाउँपालिकाको स्वास्थ्यकर्मी संग समन्वय सहकार्य गरेर लेक लागेर बिरामी परेका स्थानीयको औषधि उपचारमा खटिने निमित्त जिल्ला स्वास्थ्य सेवा प्रमुख अर्जुन भामले बताए । जिल्ला बाट गएको स्वास्थ्यकर्मीको टोली मुगु गाउँ, सिरानचौर र माथिल्लो मुगुसम्म पुग्ने र पाटन क्षेत्रबाट आएका बिरामीलाई औषधि उपचार गर्ने जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

लेक लागेर सिकिस्त बिरामी परेका जीवन बुढाको जिल्ला अस्पतालमा उपचार हुन नसकपछि नेपालगञ्ज रिफर गरिएको छ । यार्सा टिप्न गएका ५ जनाको लेक लागेर मृत्यु भइसकेको छ । यस्तै यार्सा संकलन क्षेत्रमा शान्ति सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । यार्सा टिप्ने क्षेत्रमा राजश्व संकलन तथा लुटपाट चोरी डकैती नहोस् भन्ने हिसावले २१ जना सशस्त्र प्रहरी सहित ४० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले बताए । प्रहरी नायव उपरीक्षक थापाका अनुसार मुगुम कार्मारोङ पालिकाको पाटन क्षेत्रमा यार्सा संकलन गर्न जाँदा लुटपाट चोरी डकैती झै–झगडा हुन सक्ने भएकोले शान्ति सुरक्षाको लागि उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कार्मारोङ डोल्फू गाउँमा पनि सुरक्षाकर्मी पठाइएको छ । गत साता उक्त डोल्फू गाउँमा लुटपाट भएपछि शान्ति सुरक्षाको लागि शसस्त्रको टोली गाउँमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुगुको सिरानचौरमा सुरक्षाकर्मी खटाएर ६९ लाख ५० हजार राजश्व संकलन गरिएको छ ।

यार्सा संकलन क्षेत्रमा खटाइयो : चिकित्सक र सुरक्षाकर्मीको टोली

दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

यार्सा संकलन क्षेत्रमा खटाइयो : चिकित्सक र सुरक्षाकर्मीको टोली

राडिपाखी बुनेर बजारमा नातिनातिना पढाउदै : दामा