राडिपाखी बुनेर बजारमा नातिनातिना पढाउदै : दामा रावत


खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने जुम्ला ग्रामीण क्षेत्रका महिला आयआर्जनमा पनि जोडिन थालेका छन् । जुम्लाको तिला गाउँपालिकाका महिला आयआर्जनमार्फत आत्मनिर्भर बन्न थालेका हुन् ।

राडीपाखी बुनेर आम्दानी हुन थालेपछि तिला गाउँपालिका–२ लर्मी गाउँकि ५७ वर्षकी दामा रावतखुसी छिन् । श्रीमान्, छोराबुहारीको भरमा मात्र घर व्यवहार चलाउँदै आएकी उनी आफूले पनि केही गर्नुपर्छ भन्ने लागेर राडीपाखी बुनाइसम्बन्धी काम सुरु गरेको बताउँछिन् ।

‘अहिले श्रीमान् । छोराबुहारीको एकल भर पर्नु परेको छैन, केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ’, उनले भनिन् । उनी अहिले जुम्लाको सदरमुकाम खलंगा बजारमा राडीपाखी बुनाइ गरिरहेकी छिन् । उनका छोराबुहारी आजभोलि पैसा कमाउन कालाहापहाड छन् । गाउँको घरमा ५८ वर्षका रावतका श्रीमान् मेघ बहादुर रावत मात्रै छन् ।

करिव ५० देखि ६० भेडाबाख्रा स्याहारसुसार गर्छन् । उनले भनिन् । म सदरमुकाम खलंगामा कोठा लिजमा लिएर दुईवटा नातिहरु पढाउछु । राडिपाखी बिक्री भएको रुपैयाँले नातिहरुको कापीकलम, पोसाक, फिस तिर्ने, चामल, दाल, नुन तेल, कोठाभाडा तिर्न सहज भएको बताउँछिन् ।

बिहानदेखि बेलुकासम्म राडीपाखी बुन्ने काममा नै व्यस्त रहने उनी एउटै राडीपाखीबाट ८ देखि १० हजार रुपैयाँसम्म कमाउने गर्छिन् । चार हजार देखि ७ हजार सम्म बिक्री गर्दै आइरकेकी छिन् । अहिले एक महिना भित्र मात्रै ४० हजार बराबरको राडिपाखी र लिउ बेचिसकेको बताउँछिन् । आफ्नो सीपलाई प्रयोग गर्दै स्वरोजगार बनेकी उनी जीवनयापनमा सहज हुन थालेपछि झन् उत्साहित बनेकी छिन् । तर,बजारको अलि समस्या भएको रावतको अनुभव छ । तर,नजिकैको स्थानीय सरकारले समस्या समाधान गर्नुपर्नेमा जोड दिन् छिन् । सानो छँदा २० वर्षको उमेरदेखि बुबा, अंकल र दाजुभाइहरूले बुनेको हेरेर नै राडिपाखी बुन्न सिकेकी उनले परिवारसँग बसेर, घरपरिवारलाई समय दिएर पनि महिनामा १० हजार रुपैयाँ सजिलै कमाउने गरेकी छिन् । ‘आफ्नै सुरमा काम गर्न पाउँछु, यसलाई नै आफ्नो व्यवसायको रूपमा अँगालेको छु’, रावतले भनिन्, ‘सानोतिनो खर्चका लागि ऋण काड्नु परेको छैन ।’

यो सीपले आत्मनिर्भर हुन सकिन्छ भन्ने सोच उनी अन्य महिलाहरूलाई प्रेणा दिन्छन् । सीप सिकेपछि जीवनप्रति बेग्लै आशा जागेको बताइन् । उनले भनिन्, ’सीपले आफ्नै खुट्टामा उभिन सकिने रहेछ ।’दामा रावतको मात्रै नभई यता सिंजा गाउँपालिका –६ की कोइरे रावतले पनि राडिपाखी बुनेर परिवारको गर्जो टार्दै आएकी छिन् । महिला अचेल राडीपाखी बुन्न व्यस्त हुने गरेका छन् । घरैमा बसेर, खाली समयमा राडीपाखी बुनेर राम्रो आम्दानी हुने भएपछि यहाँका महिलाहरू अहिले राडीपाखी बुनाइप्रति आकर्षित छन् । यहाँका अधिकांश महिलाले अरूले बुनेको हेरेर नै राडिपाखी बुन्न सिकेका हुन् । यो सीपले आत्मनिर्भर हुन सकिन्छ भन्ने सोच उनीहरूमा छ ।

जुम्ली भेडाको उनबाट राडी बुन्दै गरेकी बुनिन्छन् । उक्त क्षेत्रमा उत्पादन गरिएका राडी जिल्लाका विभिन्न बजार तथा बाह्य जिल्लामासमेत निर्यात हुने गर्दछ । यहाँको राडी उत्कृष्ट मानिन्छ । स्थानियहरु राडी बुनेर मनग्य आम्दानी गर्दछन् । महिलाहरूको सीप र उत्पादनलाई बजारीकरण गर्न गाउँपालिका समन्वय र सहकार्य गर्नुपर्ने उनी बताउँछिन् ।

‘युवा, महिला, पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न सीपमूलक तालिम प्रदान गर्दै सीपलाई प्रयोग गरी रोजगार सिर्जनाका प्रयासहरू पनि वर्षेनि भइरहेका हुन्छन् । ‘युवाहरूलाई उद्यमी, व्यवसाय बनाउन विभिन्न तालिम र अनुदान उपलब्ध गराउँदै आएका छन् । तर उपलब्धिलाई सुन्य देखिन्छ । ‘परम्परागत सीप र उत्पादनहरू लोप हुनबाट जोगाउन ती सीपलाई पुस्तान्तरण गर्न र बजार व्यवस्थापनमा ध्यान पु¥याउन आवश्यक छ ।’

जिल्ला पशु सेवा कार्यालय जुम्लाका अनुसार पशुपंक्षी उत्पादनका हिसावले भेडाबाख्रापालनलाई प्रशस्त सम्भावनाको रुपमा जुम्ला जिल्लालाई लिईन्छ । यस जिल्लामा व्यवसायिक रुपमा , भेडाबाख्रापालन तथा पोल्ट्री फर्महरू स्थापना भएका छन् भेडाबाख्रापालन गरिदै आएको छ । जुम्लामा अहिले ८४ हजार तिन सय ८८ भेडाको संख्या छ, भने ४६ हजार तीन सय ६ बाख्रा छन् । ६९ हजार हेक्टर चरन क्षेत्र छ ।

राडिपाखी बुनेर बजारमा नातिनातिना पढाउदै : दामा रावत

यार्सा संकलन क्षेत्रमा खटाइयो : चिकित्सक र

राडिपाखी बुनेर बजारमा नातिनातिना पढाउदै : दामा रावत

विश्वकप क्रिकेटमा नेपाल दश वर्षपछि खेल्दै