घुयँत्राे: “भ्रष्टाचारको एक्सप्रेस सेवा : लाइसेन्सपछि अब नम्बर प्लेटमै ‘सर्भिस चार्ज’ !”

काँग्रेस ,एमाले , माओवादि र तिनकाे कारखानाँ जन्म्या कर्मचारीकाे भष्टाचारकाे खेलनि अनेकानेछ गाँठे । जब पुराना दलकाे सत्ता सकिएर नयँदलकाे सरकार आयाे तबतब भष्टाचारका नयाँ खेल पाे सुनिन थाल्याछन । हिजाेका दिनाँ भष्टाचारकाे जालाेकाे रुपाँ मालपाेत,नापि, कर ,स्वास्थ जस्ता कार्यालयहरुकाे नाम लिने गर्या भएनि भष्टाचारमा सबै सरकारी कार्यालयकाे खेल उस्तैछ भन्ने कुरा बिस्तारै खुल्दैछन । यातायात कार्यालय लाईसेन्समा २ नम्बरी गर्न माहिर छभन्ने सुनिन्थ्याे त्याे कार्यालयका जतिपनि भष्टाचारका केस आउँथे ती सबै लाईसेन्समै सिमित देखिन्थे । तर त्याँका कर्मचारी साथिहरुकाे भष्टाचारकाे खेल त अरुपनि रैछन त हँ ! जब केही दिन अघि मात्रै संसदमा सांसद महावीर पुनले ट्याक्सीकाे नम्बर अर्थात भाडाकाे नम्बर कालाे प्लेट लिन नि यातायातका कर्मचारीलाई १५ लाख रुपैयाँ घुस दिनु पर्ने कथा आँफैले चढेर आएकाे ट्याक्सीवालाले बताएकाे भनेर सदनमा बाेलेर सदनलाई वास्तविकता जाहेर गरेछि सर्वसाधारणले नि यी कर्तुत जान्ने अबसर पा हाे ।लजब पुनले सरकारले यसतर्फ ध्यान दिएर काम गर्न आदेश गरे तब साँच्चिकै पुनका कुरा सुनेर हाेकि किन हाे कुन्नि सरकारले तत्काल सूचना जारी गरेर वातावरण प्रदुषण, ट्राफिकजाम र तेलकाे समस्या देखाएर नयाँ सार्वजनिक यातायात दर्ता नगर्ने सूचना समेत लेखेछि साँच्चिकै सरकारले पुनकाे कुरा सुन्या हाे कि ” रुख ढल्ने पालाे बतास लाग्ने पालाे” भाहाे त्याे त केही समयपछि खुल्ला तर जे भएनि सरकारले जनप्रतिनिधिले उठा कुराकाे सम्मान गरेकै हाे भन्न चाईँ सकिन्छ । भष्टाचार मुक्त समाज निर्माण गर्ने जगमा बनेकाे दुई तिहाईकाे सरकारले भष्टाचारका कस्ताकस्ता श्रृङखला देशमा विद्मान छन भन्ने कुराकाे जानकारी लिन त करिब २ मैनाकाे अबधिमा सबै जानकारी त नहाेला तर सामान्य त सरकारलाई प्राप्त भएकाे सूचनाकाे आधारमा मात्रै काम गर्न थालेनि धेरै भष्टाचारीहरु याे सरकारसित भय र त्रासले हिजाेका जस्ता घिनाैना काम गर्न तयारहुन्थेनन । पुराना दलकाे सरकारले जस्ताे एक कानले सुनाउने अर्काे कानले उडाउने नगरेर वास्तविकताकाे खाेजिमा हिँडे देशलाई भष्टाचार मुक्त गर्न सकिन्छ । सरकारले कर्मचारी संगठनकाे खारेजि र विद्यार्थी संगठन खारेज गरेर भष्टाचार अन्त्यकाे आधा काम त गरि सकेकाेछ । अब भष्टाचारमाबदनाम भएका कार्याालय, मन्त्रालय र विभागकाे निगरानी गर्ने काम निरन्तर रुपमा गर्ने र त्यस्ता कर्मचारी भेटिएमा तत्काल कार्वाहि अघि बढाउन सकियाे भने भष्टाचारकाे अन्त्यसितै देश विकास गर्न गाह्राे छैन । ऐले देशमा भष्टाचारकाे बढि आवाज उठेकाे न्यायालय माथि हाे । न्यालय र निर्माणकाे क्षेत्रकाे भष्टाचारका विषयमा हाे ।त्यसैले अब यी निकायकाे सफाईमा ध्यान दिएर अघि बढनेहाे भने सरकारले लिएकाे लक्ष्यमा पुग्न कठिन छैन । तर विपक्षि दलहरु सरकारकाे कुनै पनि कामकाे पक्ष र सहयाेगमा छैनन । त्यसैले कर्मचारीहरु हिजाेका दिनमा आँफुलाई नियुक्त गर्ने दलकै आडमा काममा उदासिनता र भष्टाचारमा सक्रियता देखाउन थाले भने चाईँ सरकार अपाङ्ग हुन सक्दछ । त्यसैले कर्मचारी प्रशासन भित्र व्यापक फेरबदल हुनु पर्ने माग जनताले गरेका छन । देशमा समृद्धि र विकास ल्याउने हाे र जनताकाे चाहना पूरा गराउनेनै हाे भने कर्मचारीहरुले बनाएकाे भष्टाचारकाे जालाे ताेडनै पर्छ चाहेती देखिने भष्टाचार हुन वा नदेखिने भष्टाचार हुन । के सरकार यसमा सफल हाेला ? र त्याे यातायातमा ट्याक्सी दर्ता गर्ने र नम्बर प्लेट दिँदा १५ लाख लिने कर्मचारी फेला पर्ला र त्यसकाे जानकारी जनताले पाउलान ?
” बिरसिक्का “






