लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुख विच भेटवार्ता संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश सहकार्यमा जाेड

दाङ ,८ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ बीच शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा संघीयताको सबलीकरणका लागि प्रदेश तहलाई थप बलियो बनाउनुपर्ने विषयमा छलफल भएको थियो । साथै अन्तरप्रदेश समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको हाे ।

भेटका क्रममा लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको नीति तथा कार्यक्रमबारे पनि छलफल गरिएको थियो । प्रदेश प्रमुख मियाँले चालु आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रम तथा योजनाको समीक्षा गरेर मात्र आगामी योजना अघि बढाउन सुझाव दिनुभयो । उहाँले सम्पन्न भएका कामको उपलब्धि र सम्पन्न हुन नसकेका योजनाको कारण पहिचान गरेर प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुख विच भेटवार्ता संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश सहकार्यमा जाेड

‘देउता आयो’ भन्दै स्कुलमै कराउन थाले विद्यार्थी

लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुख विच भेटवार्ता संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश सहकार्यमा जाेड

लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र

Leave a comment

Your email address will not be published. Required fields are marked *