चुकेनीको विधुतले जुम्ला सदरमुकाम झिलिमिली


जुम्लाको बहुप्रतिक्षाको घडिको रुपमा रहेको ९ सय ९८ किलोवाटको चुकेनी जलविधुत आयोजनाको बत्ती निर्माण कार्य करिब सकिएको छ ।
वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ६० प्रतिशत, स्थानीय नागरिकको सेयर तथा लगानीमा निर्माण शुरु भएको चुकेनी विधुत सहकारी संस्था लिमिटेड पातारासीद्धारा सञ्चालित ९ सय ९८ किलोवाटको विधुत मंगलवार जुम्ला सदरमुकाममा समेत बत्ती बलेको छ ।
वैकल्पिक उर्जा प्रर्वधन केन्द्र जुम्लाका फिल्ड संयोजक पृथ्वीबहादुर शाहीका अनुसार अहिले चुकेनीको विधुत सदरमुकाममा समेत बलेको छ।उनका अनुसार कर्णाली प्रतिष्ठान वाहेक अन्य बजार क्षेत्रमा बिजुली बलेको छ । वैकल्पिक उर्जा अन्तर्गत ग्रामिण जिविको पार्जनका लागि नविकरणीय उर्जा कार्यक्रममा ईन्जिनियर सुदिप पौडेलले करिब २ सय ९३ केभीको विधुत लाईन खपत भएकोे छ ।
ईन्जिनियर पौडेलले भने, अझपनि राम्ररी दिगोपना गर्न निरन्तर टोली खटिरहेको छ । बजारमा बत्ती आएपछि स्थानीय खुशी भएका छन् । प्राधिकरणका अनुसार बत्ती छोडे पनि पावर नमिलेका कारण दिगोपनका लागि काम भईरहेको छ । अझ एक दुई हप्ता गहिरो तरिकाले काम गरेरमा ९ सय ९८ किलोवाट थेग्ने गरी बत्तीको काम भईरहेको बताइएको छ । चुकेनी विधुत सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाका अनुसार केही दिन अगाडिदेखि जुम्ला सदरमुकाम बत्तीले झिलिमिली भएको छ, हेरौ दिगो हुने आशा गरिएको छ ।
बत्ति सदरमुकामको ३३ केभी लाईन सँग जोडिएर सफल परीक्षण भएको र अव राम्ररी व्यस्थापन गरेमा केही समयमा जुम्ला सदरमुकाम लोड सेडिङमुक्त हुने पहलकर्ता तथा कर्णाली प्रदेशका पूर्व मन्त्री नरेश भण्डारी बताउँछन्।






