दैलेखमा कोरोना सङ्क्रमित संख्या ३५२ पालिकासहित

कृष्णप्रसाद अधिकारी
दैलेख, २४ जेष्ठ ।
दैलेख जिल्लामा कोरोनाका संक्रमितको संख्या ३५२ जना पुगेको छ । शनिवार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा कार्यालय दैलेखले दैलेखमा कोरोना संक्रमितको संख्या तीन सय ५२ जना पुगेको जनाएको छ । दिन प्रतिदिन दैलेखमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

दैलेखका सबै पालिकामा बाहिर बाट आउनेको संख्या धेरै भएकाले कोरोनाको संक्रमण झनै फैलिने देखिन्छ । शनिवारसम्म दैलेखका ९ वटा स्थानीय तहमा कोरोना संक्रमण फैलिसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । संक्रमित संख्या सबै भन्दा बढी नारायण नगरपालिकाका १९४ जना, दुल्लु नगरपालिका ३६ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १ जना, आठविस नगरपालिकामा १ जना, महावु गाउँपालिकामा १०८ जना, नौमूले गाउँपालिकामा ७ जना, डुङ्गेश्वर गाउँपालिकामा ३ जना, गुराँस गाउँपालिकामा २ जना गरी शविबारसम्म दैलेखमा कोरोना संक्रमितको संख्या ३५२ भएको छ । दैलेखका अन्य ३ वटा गाउँपालिकामा भने अहिलेसम्म कुनै कोरोना संक्रमित नदेखिएको स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताए ।
यस्तो छ पालिकाको तथ्याङ्क

 

दैलेखमा कोरोना सङ्क्रमित संख्या ३५२ पालिकासहित

डोल्पामा कोरोनाबाट एक जनाको मृत्यु, कर्णालीका मृतक

५८७ जना पुग्यो कर्णालीमा कोरोना संक्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *