५८७ जना पुग्यो कर्णालीमा कोरोना संक्रमित

सुर्खेत, २४ जेष्ठ ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा कोरोना संक्रमित देखा परेका छन् । ५८७ जना कोरोना संक्रमित हुँदा प्रदेश अस्पताल सुर्खेतबाट ७ जना कोरोना जितेर घर फर्किएका छन् भने मृत्यु भएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख र डोल्पाका एक÷एक जना मृत्यु भएपछि स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियोे । जुम्ला र सुर्खेतकै उपचारका क्रममा मृत्यु भएका दुई जनामा कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५८७ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार ९८ जना नयाँ संक्रमित थपिएपछि हालसम्म जम्मा संक्रमितको संख्या पाँच सय ८७ पुगेको हो ।  प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार सल्यानमा थप ३८, सुर्खेतमा ९ जना, जाजरकोटमा ४ जना र दैलेखमा ९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार दैलेखमा ४३ र डोल्पामा १ जना गरी कुल ९८ जना नयाँ कोरोना संक्रमित पृष्टि भएका हुन्। मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार दैलेखका मात्रै थप ४६ जनामा कोरोना संक्रमण पृष्टी भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा. मंगल रावतले डोल्पामा कोरोना संक्रमित पृष्टि भएका जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय बृद्धको मृत्यु भइसकेको छ । उनीसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । जसमा सुर्खेत, दैलेख र डोल्पामा एक÷एक जना रहेका छन् । कर्णालीमा कोरोना संक्रमित अधिकांश व्यक्ति भारतबाट फर्किएका हुनु् । देशभर भने संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । डिस्चार्ज हुनेको संख्या तीन सय ६५ पुगेको छ भने १३ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया