डोल्पामा कोरोनाबाट एक जनाको मृत्यु, कर्णालीका मृतक ३ जना काेराेना पुष्टी

डोल्पा, २४ जेष्ठ ।

कर्णाली प्रदेशमा मृत्यु पछि तीन जनामा काेराेना पुष्टी भएकाे छ । दैलेखका एक जना, सुर्खेतका एक जना र डाेल्पाका एक जना मृतकमा काेराेना स‌क्रमण पुष्टी भएकाे हाे । डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए । पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो ।

होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलाई उद्धृत गर्दै जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।

सुरक्षाका उपाय अपनाई उनको दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको जैसीले बताए । गाँउपालिकाका सबै नाका सिल गरिएको र गाँउ सिल गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।
‘प्रदेश सरकारसँग सहकार्य भइरहेको छ सबै क्षेत्रबाट परीक्षणको लागि अपिल गरेका छौँ’ उनले भने– ‘यदि समयमा परीक्षण नगरिए गाँउपालिकामा ठूलो क्षति हुन सक्छ ।’ जिल्लाबाट स्वास्थ्यकर्मीको टोली जाने र मृतकको सम्पर्कमा आएका सबैको विवरण आएपछि प्रतिष्ठानबाट पनि स्वास्थ्यकर्मी आउने भन्दै प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले नआत्तिन आग्रह गरे ।
उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए। उनीहरु हाल क्वारेन्टाइनमा छन् । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये ११ जनाको मृत्युपछि मात्रै संक्रमण रहेको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया