सुरक्षित स्थानमा बसोबासकोे व्यवस्थापन गरिदिन वादी समुदायका माग

दैलेख सदरमुकाम समेत रहेको नारायण नगरपालिका–१ स्थित नमूना बस्तीमा बसोबास गर्दै आएका बादी समुदायले आफुहरुलाई सुरक्षित स्थानमा बसोबासकोे व्यवस्थापन गरिदिन माग गरेका हुन् ।

वर्षेनी पर्ने अबिरल वर्षाका कारण बाढीले घरबारविहीन भई विचल्लीमा पर्ने अवस्था रहेको भन्दै यथाशीघ्र सुरक्षित बासस्थानको ब्यवस्थापन गर्न स्थानीय सरकार,पदेश, संघ सरकारलाई नमुना बास्तीका कमला बादीले आग्रह गरिन् ।

उनले अहिलेसम्म बादी समुदायको लागी बस्नको लागि भनेजस्तो जग्गा नै नपाएकोे गुनासो गरिन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी त परैको कुरा भएको बासस्थलमै असुरक्षितहुँदा चिन्ता लाग्ने गरेको बताइन् ।

सरकारले झन्डै ३ वर्षअघि भूमिहीनलाई जग्गा दिन भूमिसम्बन्धी समस्या समाधान आयोग बनाएको थियो । त्यसले स्थानीय तहमा विवरण संकलन गरिरहेको थियो ।

तर बादीहरू यसप्रति विश्वस्त हुन नसकेको नमुना वस्ती खाद्य अधिकार समुहकी अध्यक्ष प्रवित्रा बादीले गुनासो गरिन् । उनले पहिरोले जोखिम भएको नमुना बस्तीलाई सुरक्षित गर्न माग गर्दै वर्षायामको समयमा समुदाय नै जोखिम रहेको बताइन् ।

२०६०साल अस्थाई बसोवास गर्दै आइरहेको बादी समुदायले वर्षायामको समयमा पानी पर्दा घरको छाना चुहिने सुत्न नसक्ने हुनुका साथै घर भत्कने डर त्रासले राती पनि बसेर नै रात काट्नुपर्ने समस्या भोग्दै आइरहेका छन् । नमुना बस्तीका बादी समुदायले सरकारले शिक्षा स्वास्थ्य खानेपानी व्यवस्थापन समेत गर्न आग्रह गरेका छन् ।

सुरक्षित स्थानमा बसोबासकोे व्यवस्थापन गरिदिन वादी समुदायका माग

शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

सुरक्षित स्थानमा बसोबासकोे व्यवस्थापन गरिदिन वादी समुदायका माग

सञ्चालनमा आयो स्टे होटल भ्याली भ्यू, वैशाख

This will close in 0 seconds