हुम्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध

हिमपातका कारण हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।

आइतबार बिहानदेखि हिमपात भएको थियो । विमानस्थलको रनवेमा हिउँ जमेकोले हवाई सेवा अवरुद्ध भएको हो । घाम लागेपछि सोमबार दिउँसो रनवेमा जमेको हिउँ पग्लिए पनि हावा चलेका कारण उडान हुन सकेको छैन ।

हवाई सेवा अवरुद्ध हुँदा यहाँबाट सुर्खेत, नेपालगञ्ज जाने तथा सिमकोट आउनुपर्ने यात्रु मर्कामा परेका छन् ।

हुम्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध

नेपाल टेलिकमको २० औं बार्षिक उत्सब